4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका ओपनर मोहम्मद शाहजाद ५२ बलमा ७ चौका र २ छक्का सहित ६३ रनमा अविजित रहे । युवा ब्याटर भीम सार्की ४२ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहे ।
ओपनर ईशान पाण्डेलाई शून्यमा गुमाएपनि दोस्रो विकेटका लागि भीम र शाहजादले १ सय २२ रनकोे अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए । भीमले केज्रिक विलियम्सलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पोखराका विक्रम सोबले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । पोखराका युवा ब्याटर विवेक यादव ४५ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे ।
एक समय ४२–५ को कमजोर अवस्थामा पुगेको पोखरालाई छैटौं विकेटका लागि विवेक र असेला गुणरत्नेले ५६ रनको साझेदारी गरेका थिए । गुणरत्ने २६ बलमा १ चौका सहित २५ रनमा रन आउट भए । तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर रित गौतम लङअनमा खडक बहादुर बोहराबाट २ रनमा क्याच आउट हुन पुगेका थिए ।

तेस्रो ओभरको पहिलो बलमा सुनिल धमला शून्यमा रन आउट भए । सोमपाल कामीले पाँचौं ओभरको तेस्रो बलमा मलेसिया युवा स्टार विरनदीपसिंहले मिडअनमा एक हातले उत्कृष्ट क्याच लिएपछि कप्तान विनोद भण्डारी ५ रनमा पेभिलिएन फर्केका थिए । स्पिनर साहब आलमको सातौं ओभरको चौथो बलमा ठूलो सट खेलेका ओपनर रिचार्ड लेभी लङअनमा ईशान पाण्डेबाट २० रनमा समातिन पुगेपछि पोखरा समस्यामा परेको थियो । लेभीले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे । लोकेश बम ८ रनमा क्याच आउट भए ।
चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवनले ३ विकेटले पराजित गरेको थियो । चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्नेछ ।
। पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा पोखराले लािलतपुरलाई ९ विकेटले पराजित गरेको थियो । पोखराले शनिबार विराटनगरसँग खेल्नेछ ।
अंक तालिका
चितवन ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ दोस्रो स्थानमा छ । पोखरा ३ खेलमा एकमा जित र १ मा हार सहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ पाँचौं र विराटनगर वारियर्स ३ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]