default_image

4 years ago

October 1, 2021

कप्तान सोमपाल र कुशललाई जरिवाना

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवना लागेको छ ।

कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्वलो ओभर रेटको कारण १० प्रतिशत म्याच फि जरिवना लागेको छ । कुशल बाहेक प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फि जरिजवना लाग्ने छ । सोमपाल कामीलाई भने २५ प्रतिशत म्याच फि जरिवना लागेको छ । बिहीबार सोमपालले काठमाडौं किंग्स इलेभेनविरुद्ध अम्पायरको निर्णयमा असमति जनाउँदै आक्रोश ब्यक्त गरेका थिए । जसको कारण म्याच फिको २५ प्रतिशत रकम काटिनुको साथंै एक डेमिरेट अंक पाएका छन् ।

चितवनले काठमाडौंलाई ३ विकेटले पराजित गरेको थियो । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा सोमपाल जितेन्द्र मुखिया १४ औं ओभरको अन्तिम बलमा शून्यमा एलबीडब्लू आउट भएका थिए । सोमपालले आफू एलबीडब्लू आउट नभएको भन्दै अम्पायरको निर्णयमा असन्तुष्ट जनाउँदै आक्रोश ब्यक्त गरेका थिए । जसको कारण कारबाहीमा परेका हुन् ।


शुक्रबार पहिलो खेलमा ललितपुरले विराटनरलाई ३७ रनले पराजित गर्यो । टियुमा टस हारेर ब्याटिङ निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो । ललितपुरका सान्दुन विराक्कोडीले ७३, कुशल भुर्तेल ३२ र आजमतुल्लाह ओमरजाई ५८ रन बनाएका थिए । उक्त विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो ।

स्वलो ओभर रेटका कारण कारबाहीमा पर्ने कुशल यस सिजनको इपिएलका दोस्रो कप्तान हुन् । बिहीबार काठमाडौंका कप्तान सन्दीप लामिछाने चितवन टाइगर्सविरुद्ध एक ओभर स्वलो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवना लागेको थियो । अन्य खेलाडीलाई २ प्रतिशत जरिवना लागेको थियो । काठमाडौंले शनिवार भैरहवा ग्ल्याडियर्ससँग खेल्ने छ । चितवनले आइतबार ललितपुरसँग खेल्ने छ । चितवन लगातार तीन जितसँगै प्लेअफमा पुगि सकेकोछ ।

विराटनगरविरुद्ध खेलेका ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, ललितनारायण राजवंशी, नारायण जोशी, सन्दुन वीराक्कोडी, जयकिशन कोल्सावाला, अजमतुल्लाह ओमरजाई ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.