4 years ago
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १३ औं खेल काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । भैरहवा र काठमाडौं दुबै टोलीका कप्तान, अम्पायर, इपिएल प्रमुख आमिर अख्तर, कमेन्टरको लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन् ।

टियु मैदानमा बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि मैदानमा घाम लागेपनि खेल हुन नसकेको हो । दुबै टोलीका खेलाडीले केहि समय मैदानमा अभ्यास गरेका थिए । खेल नुहने भएपछि मैदान छाडेका छन् । ओभर घटाएर खेल हुने सम्भावना देखिएको थियो । तर भिजेको आउटफिल्डको कारण खेल हुन सकेन ।
यस खेल पुन अर्को मितिमा हुनेछ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । विराटनगरले पहिलो खेल पोखरा राइनोजसँग अंक बाँडेको थियो । विराटनगर भैरहवासँग ६ विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको छ । काठमाडौंलाई प्लेअफमा स्थान बलियो बनाउन जित्ने पर्ने दबाब थियो । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौ स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित सहित ४ अंक सहित दोस्रो स्थानमा छ । काठमाडौंले आइतबार विराटनगर वारियर्ससँग खेल्ने छन् । भैरहवाले सोमबार चितवन टाइगर्स खेल्ने छ । शनिबार दोस्रो खेलमा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुने छ ।

अंक तालिका
चितवन ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ दोस्रो स्थानमा छ । पोखरा ३ खेलमा एकमा जित र १ मा हार सहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ पाँचौं र विराटनगर वारियर्स ३ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]