default_image

4 years ago

October 2, 2021

विराटनगरविरुद्ध केज्रिक बेन्चमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

विराटनगरले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर रामनरेश गिरीको स्थानमा सन्दीप रजालीले मौका पाएका छन् । सुमित महर्जनको स्थानमा हरि बहादुर चौहानले मौका पाएका छन् । पोखराले दुई परिवर्तन गरेको छ । वेस्टइन्डिजका तीव्र गतिका बलर केज्रिक विलियम्स र सुनिल धमलालाई बेन्चमा राखेको छ । विपिन खत्री र साहन अर्चाचिगेलाई विराटनगरविरुद्ध टोलीमा मौका दिएको छ ।

विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट र भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगर ललितपुरसँग ३७ रनले पराजित भएको थियो । पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा चितवनसँग भने ९ विकेटले पराजित भएको थियो ।

पोखरालाई प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने सम्भावना छ । विराटनगरको अघिल्लो चरणको सम्भावना लगभग सकि सकेको छ ।

विराटनगर प्लेइङ ११ :

करण केसी (कप्तान) आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, रामनरेश गिरी, सौरभ खनाल, हरि बहादुर चौहान, प्रतिश जि.सी, वसन्त रेग्मी, दिलशान मुनाविरा, चन्द्रपाउल हेमराज र सिकन्दर राजा ।

पोखरा प्लेइङ ११ :

विनोद भण्डारी (कप्तान), सुशान भारी, विक्रम सोब, विपिन खत्री, लोकेश बम, रित गौतम, विवेक कुमार यादव, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.