default_image

4 years ago

October 2, 2021

पोखरालाई विराटनगरको बलियो लक्ष्य

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा पोखरा राइनोजलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

विराटनगरका युवा ओपनर आसिफ शेख सर्वाधिक ४४ रन बनाए । सन्दीप रजाली २२ बलमा २ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । कप्तान करण केसीले तल्लोक्रममा ९ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे ।

ओपनर चन्द्रपाउल हेमराज चौथो खेलमा पनि चल्न सकेनन् । तीव्र गतिका बलर विक्रम सोबले पहिलो ओभरको अन्तिम बलमा हेमराज २ रनमा बोल्ड आउट हुन पुगेका थिए । दीलशान मुनाविरा ११ बलमा २ चौका र १ छक्का सहित १६ रनमा क्याच आउट भए । उनी सोबको पाँचौं ओभरको अन्तिम बलमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट हुन पुगेका थिए ।

युवा विकेटकिपर आसिफ शेख ११ औं ओभरको पाँचौं बलमा ४४ रनमा क्याच आउट भए । युवा बलर बलर विवेक यादवको बलमा ठूलो सट खेलेका आसिफ डिप मिडविकेटमा समातिन पुगेका थिए । आसिफले ३३ बलमा ६ चौका प्रहार गरे । सिकन्दर राजा २० बलमा १ चौका र ३ छक्का सहित २९ रनमा आउट भए । अनिल शाहले १९ बलमा १२ रन बनाए ।

पोखरा विक्रम सोबले सर्वाधिक २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.