4 years ago
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो हारसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगबाटै बाहिरिएको छ । शनिबार पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । असेला गुणरत्नेले कप्तान करण केसीलाई छक्का प्रहार गर्दै जित पक्का गराए ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका असेला गुणरत्ने २४ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्का सहित ४७ रनमा क्याच आउट भए ।
बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. ले दोस्रो ओभरको दोस्रो बलमा रित गौतमलाई ५ रनमा फस्ट स्लिपमा हरि चौहानबाट क्याच आउट गराएका थिए । स्पिनर सिकन्द राजाको बलामा ठूलो सट खेलेका रचार्ड लेभी एज लागेर चौहानबाट क्याच आउट भएपछि अर्धशतक बनाउन चुकेका थिए । साहन आर्चाचिगेले ३६ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा क्याच आउट भए । विनोद भण्डारी १६ बलमा १५ रनमा अविजित रहे । विराटनगरका प्रतिश जि.सी, सिकन्द राजा र हरि चौहानले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । विराटनगरका युवा ओपनर आसिफ शेख सर्वाधिक ४४ रन बनाए । सन्दीप रजाली २२ बलमा २ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । कप्तान करण केसीले तल्लोक्रममा ९ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे ।

ओपनर चन्द्रपाउल हेमराज चौथो खेलमा पनि चल्न सकेनन् । तीव्र गतिका बलर विक्रम सोबले पहिलो ओभरको अन्तिम बलमा हेमराज २ रनमा बोल्ड आउट हुन पुगेका थिए । दीलशान मुनाविरा ११ बलमा २ चौका र १ छक्का सहित १६ रनमा क्याच आउट भए । उनी सोबको पाँचौं ओभरको अन्तिम बलमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट हुन पुगेका थिए ।
युवा विकेटकिपर आसिफ शेख ११ औं ओभरको पाँचौं बलमा ४४ रनमा क्याच आउट भए । युवा बलर बलर विवेक यादवको बलमा ठूलो सट खेलेका आसिफ डिप मिडविकेटमा समातिन पुगेका थिए । आसिफले ३३ बलमा ६ चौका प्रहार गरे । सिकन्दर राजा २० बलमा १ चौका र ३ छक्का सहित २९ रनमा आउट भए । अनिल शाहले १९ बलमा १२ रन बनाए । पोखरा विक्रम सोबले सर्वाधिक २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक एक विकेट लिए ।
विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट, भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो । पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । विराटनगरले आइतबार काठमाडौंसँग खेल्ने छ । पोखराले सोमबार काठमाडौंसँग खेल्ने छ ।
अंक तालिका
चितवन ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ४ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]