default_image

4 years ago

October 2, 2021

महबुबलाई इपिएलको सम्मान

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर महबबु आलमलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) ले सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच महबुबलाई ५१ हजार नगद रुपैयाँ सहित इपिएलले सम्मान गरेको हो ।

महबुबलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष रोशनकुमार सिंहले ५१ हजार नगद सहित सम्मान गरेका थिए । नेपाली क्रिकेटलाई उनले दिएको योगदानको कदर गर्दै सम्मान गरेको हो । महबुबले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरि सकेका छन् ।

झण्डै दुई दशक नेपाली टोलीबाट खेलेका महबुबलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्नुपर्ने माग प्रदेश २ ले दुई महिना अघि जनाएको थियो । २००८ मा मोजाम्बिकविरुद्ध मेहबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

महबुबले नेपालबाट सन् २००० मा जापानविरुद्ध डेब्यू गरेका थिए । टि२० क्रिकेटमा उनले २०११ मा साउदी अरेबियाविरुद्ध ४१ बलमा ५ चौका र ६ छक्का सहित ८८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जुन नेपाली क्रिकेटबाट टि२० खेलमा बनेको सर्वाधिक रन हो । तर २०१९ मा टि२० आईमा पारसले सिंगापुरविरुद्ध १ सय ५ र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १ सय ६ रन बनाएका थिए ।

महबुब घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एकै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् । महबुबले २००५ मा वीरेन्द्र स्मृति क्षेत्रिय छनोटमा सप्तरीबाट उदयपूरविरुद्ध १ सय २३ बलमा २६ चौका र १८ छक्का सहित २ सय ५६ रनको विष्फोटक इनिङ खेलेका थिए ।

उनीपछि गतवर्षमात्र प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा आदील खानले ललितपुरबाट त्रिभुवन विश्वविद्यालयबाट १ सय २१ बलमा १५ चौका र १५ छक्का सहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । प्रथम श्रेणीको खेलमा महबुबले २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका थिए । लिष्ट ए मा २०१५ मा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । मेहबुबले नेपालबाट अन्तिम पटक २०१७ मार्चमा बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.