default_image

3 years ago

October 3, 2021

नेपाली क्रिकेटसँगै सामाग्री स्तरोन्नतिको पर्खाइमा टियु मैदान

भुपेन्द्र जिसी, काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा ठूलो फड्को मारेको छ । १० वर्षअघि र अहिले नेपाली क्रिकेटको स्तरको दुरी आकश पातलको फरक छ । दशकअघि डिभिजन फाइभ खेल्ने नेपालले टि२० विश्वकप हुँदै अहिले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) खेलिरहेको छ । तर टोलीको स्तर फेरिएपनि मैदानको संरक्षण, स्तरोन्नतिमा प्रयोग गर्ने सामग्री र संरचना भने दशकअघिकै […]

65 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

पछिल्लो एक दशकमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा ठूलो फड्को मारेको छ । १० वर्षअघि र अहिले नेपाली क्रिकेटको स्तरको दुरी आकश पातलको फरक छ । दशकअघि डिभिजन फाइभ खेल्ने नेपालले टि२० विश्वकप हुँदै अहिले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) खेलिरहेको छ । तर टोलीको स्तर फेरिएपनि मैदानको संरक्षण, स्तरोन्नतिमा प्रयोग गर्ने सामग्री र संरचना भने दशकअघिकै छन् । एकमात्र अन्तर्राष्ट्रिय टियु मैदानको पूर्वाधार दशक अघि र अहिले खासै भिन्नता पाउन सकिदैन ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण यसै हप्तादेखि टियु क्रिकेट मैदानमा जारी छ । विश्वका स्टार खेलाडीले इपिएल खेल्दा वर्षा बाधक बनेको छ । वर्षा भन्दापनि त्यसपछि मैदानमा जम्ने पानीका कारण खेल स्थगित हुँदै आएका छन् । विश्व क्रिकेटमात्र भारी वर्षा भएको केहि समयपछिनै मैदान खेल्न योग्य हुन्छ । तर नेपालमा सामान्य वर्षामा हुँदा त्यो दिनमात्र होईन अर्कोदिन खेल स्थगित गर्नुपर्ने बाध्यता छ । त्यो आधुनिक पानी सुकाउने मेसिन (सुपर सपर) नहुनुको कमीको कारण हो । विश्व क्रिकेटमा आधुनिक प्रविधिको प्रयोग गर्दै यस्तो समस्याले खासै असर गर्दैन । तर नेपाली क्रिकेट परम्परागत शैलीमै काम आलटाल पार्दै आएको छ ।

इपिएलमा यो हप्ता फ्रेन्चाइज टोलीलाई आफ्नो नतिजा र प्रदर्शन भन्दापनि वर्षाको सबैभन्दा चिन्ता रह्यो । भिजेको आउटफिल्डको कारण चार खेल स्थगित हुँदा एक खेल रद्द हुन पुग्यो । टियु मैदानमा विश्वका स्टार खेलाडीले खेलिरहँदा पानी सुकाउने मेसिन भने भर्खर क्रिकेट सिक्न लागेको देशले जस्तो छ ।

आइतबार भैरहवाविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १०.१ ओभरमा ६५–७ को कमजोर अवस्थामा वर्षाको कारण खेल रद्द हुँदा अंक बाँडे । तर सोमबार विहानदेखि मैदानमा घाम लागेपनि विराटनगर र काठमाडौंबीचको खेल भिजेको आउटफिल्डको कारण हुन सकेन । त्यसै दिनको अर्को चितवन र भैहरवाबीचको खेलपनि भिजेको आउटफिल्डको कारणनै स्थगित भयो । खेलाडी जोखिम लिन मानेनन् । भिजेको आउटफिल्डमा चोट लाग्ने उच्च सम्भावना हुन्छ ।

मंगलबार काठमाडौं र पोखराबीचको खेलपनि भिजेको आउटफिल्डकै कारण हुन सकेन । बुधबार ललितपुर र पोखराबीचको खेल भिजेको आउटफिल्डको कारण ७–७ ओभर सम्भव भएको थियो । त्यस्तै शनिबार काठमाडौं र भैरहवाबीचको खेल भिजेको आउटफिल्डको कारण हुन सकेन । सबै खेल स्थगित हुनुको मुख्य कारण टियु मैदानमा भिजेको आउटफिल्ड तत्काल सुकाउन मिल्ने आधुनिक मेसिन, सामग्री र पूरै ढाक्ने कभर नहुनु हो ।

टियु मैदानमा एक दशक अघिका पानी सुकाउने दुई सुपर सपर छन् । विश्वमा आधुनिक मेसिनका सुपर सपर आउँदा टियुमा दशक अघिको थोत्रा मेसिनहरुले पानी सुकाएको देख्न सकिन्छ । पानी सुकाउने आधुनिक मेसिन नहुँदा एकदिन वर्षा हुँदा दुई दिननै खेल स्थगित गर्नुपर्ने बाध्यता छ । एक दशक अघि नेपालले टियु मैदानमा डिभिजन ५ को उपाधि जित्दा जुन सुपर सपर प्रयोगमा थिए अहिले पनि त्यहि नै छन् ।

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी इपिएल खेल्न आएका विश्वकै सुपर स्टार हुन् । उनी दुई खेल खेल्न नेपाल आएका थिए । तर सोमबार काठमाडौंको खेल भिजेको आउटफिल्डको कारण हुन नसकेपछि एक खेल खेलेर स्वदेश फर्किए । सोमबार बिहानैदेखि घाम लागेपनि आउटफिल्ड खेल्न योग्य थिएन । तर आधुनिक मेसिन भएको भए आइतबारनै खेल खेल्न मिल्थ्यो । वर्षा सामान्य थियो । यस विषयमा ध्यान कसैको गएको छैन । सबैले वर्षालाई दोष दिँदै आएका छन् । वर्षा प्राकृतिक कुरा हुँदा रोक्न र छेक्न सकिदैन । पूर्व तयारीले असर भने कम गर्न सकिन्छ ।

विकसित देशमा वर्षा रोकिएको केहि समयपछिनै खेल सुरुहुन्छ । उनीहरु पानी सुकाउन आधुनिक मेसिन र सामग्री प्रयोग गर्दछन् । टियु नेपालको एकमात्र अन्तर्राष्ट्रिय मैदान हो । तर वर्षाको समयमा टियुको पिच र आउटफिल्ड पूरै छोप्ने कभरनै छैन । टियु कोकभरले ३० यार्ड ढाक्न बल्लतल्ल मिल्छ । ३० यार्ड क्षेत्रबाहेक बाहिर ढाक्ने कभर नहुँदा हिलो हुने गर्दछ । ३० यार्ड ढाक्ने कभर पनि थुप्रै मिलाएर बल्लतल्ल पुग्छ ।

परम्परागत सामग्रीको कारण टियुका कर्मचारीलाई काम गर्न कठिन हुँदै आएको छ । ती कर्मचारीको कठिनाई कसैलाई मतलब छैन । सबै खेल हेर्न मात्र चाहन्छ्न । एक घण्टामा हुनुपर्ने काम एकदिन भन्दा बढी लाग्दै आएको छ । टियुमा अहिले दुई सुपर सपर मात्र छन् । ती दुई सुपर सपर बाध्यताले काम चलेको छ । त्यो पनि पूरानो भएर च्यातिएपछि नयाँ टालिएको छ ।

‘एक दशक अघि त सबैतिर यहिनै सुपर सपर थियो होला । अहिले सबैतिर मेसिनवाला सुपरसपर प्रयोग भईसक्यो । नयाँ आएको छैन । पुरै मैदान ढाक्ने कभर र आधुनिक सुपर सपर मेसिन हुने हो वर्षा रोकिएपछि केहि समयमै खेल खेलाउन सकिन्छ’, टियु मैदानका क्युरेटर मधु तामाङले भने ।

‘पानी परेपछि खेल हुन नसक्नुको कारण आवश्यक सामग्री नभएर पनि हो । ग्राउन्डको सबै पानी सुपर सपरले तान्नुपर्छ । अहिलेको मेसिनले तान्न धेरै समय लाग्छ । अर्कोतर्फ पूरा ढाक्ने कभर पनि हुनुपर्छ । मेसिन चलाउनु र हातले ठेल्नुमा त फरक भइहाल्छ । मेसिनले छिटो हुन्छ । हातले गर्दा ढिलो हुन्छ’, क्युरेटर मधुले भने । आधुनिक मेसिनले एक घण्टामै पानी सुकाउन सकिने उनले बताए ।

पुरै आउटफिल्डमा दुईफिट तल वालुबा हुने हो भने पानी छिटो सुक्ने मधुले बताउँछन् । तर टियु मैदान बनाउँदा पूरै माटो हालेर बनाईएको छ । ‘पहिला सुरुमै डिजाइन बनाउने बेला बालुवा हालिएको भए जति ठूलो पानी पर्दा पनि तान्ने थियो । तर माटोमा माटो भएर पानी सुक्न सकेको छैन’, उनले भने ।

टियु मैदानमा समस्यानै समस्या छन् । स्तरिय पेभिलिएन र क्यान्टिन छैन । सबैभन्दा महत्त्वपूर्ण फ्लड लाइट नै छैन । जसको कारण बेलुका घाम डुबेपछि र साँझमा खेल खेल्न मिल्दैन । पछिल्लो ६ महिनामा टियुमा दुई खेल टाई भएका छन् । तर फ्लडलाइट नुहँदा अंक बाड्न टोली बाध्य भए । त्रिकोणात्मक टि२० आई सिरिजमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल टाइ भयो । तर साँझ परेको कारण सुपर ओभर हुन सकेन ।

इपिएलमा भैरहवा र ललितपुरबीचको खेल लाइटकै अभावको कारण अंक बाँड्नु परेको थियो । फ्लडलाइट र प्याराफिट अब सपना मात्र होईन आवश्यकता भइसकेको छ । नेपालले विश्व क्रिकेटमा ठूला टोलीसँग खेल्दा विपक्षी टोलीको समयलाई पनि ख्याल गर्नुपर्छ । घरेलु होस् वा अन्तर्राष्ट्रिय खेल नेपाली समर्थकले सधैं राम्रो साथ दिँदै आएका छन् । तर ती समर्थकले प्रयोग गर्ने एउटा शौचालय हुँदैन । खेलको समयमा पानी परेमा ओत लाग्ने ठाउँ हुँदैन ।

क्यानमा १७–१८ जना ग्राउन्ड स्टाफ छन् । टियु मैदान क्यान र नेपाल सरकारको भने होईन । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा छ । क्यानले टियु मैदान प्रयोग बापत वार्षिक १० लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयलाई शूल्क तिर्दै आएको छ । क्यानमा नेतृत्व आउँछ जान्छ । सरकार फेरिन्छ । राखेप सदस्य सचिव आउँछन् जान्छन् । मैदानको स्तर विकास, आधुनिक उपकरण, सामग्री, फ्लडलाइटको महत्त्व कसैले बुझेका छैनन् । क्यानको मुलपानी मैदान खेल्न योग्य छैन । खेलाडीहरु खेतको स्तरको रहेको बताउँदै आएका छन् ।

आउटफिल्ड पूरै ढाक्ने कभरको माग नभएको होईन । तर क्यानले यस पक्षमा ध्यान दिन सकेको छैन । नेपालमा हुने लगभग सबै प्रमुख खेल टियुमा हुन्छन् । एकमात्र मैदानको कारण पिचले पर्याप्त समय पनि पाउन सकेको छैन । खेलाडीले राम्रोसँग अभ्यास गर्न सकेका छैनन् । इपिएलले खेलाडीमात्र होईन बोडकाष्ट देखि सबै कुरामा स्तरिय काम गरेको छ । तर मैदान सुकाउने मेसिन दशक अघिको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह आधुनिक पानी सुकाउने मेसिन किन्न आगमी बैठकमा प्रस्ताव राख्ने बताए । ‘आधुनिक सुपर सपर किन्न १७ लाख जति लाग्छ होला । मैले यो कुरा बोर्डमा प्रस्ताव राख्नेछु, किनभने पाँच लाखभन्दा बढीको काम गर्न बोर्डबाट पारित गर्नुपर्छ’, सिंहल हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘हामी नयाँ मेसिन ल्याउन चाहन्छौं । नेपाललाई चिनाउने क्रिकेट हो । राज्यले पनि त्यो बारे सोचेर बिचार गरेर मैदान बनाउन आर्थिक सहयोग गर्नुपर्छ । हामी पनि विश्वमा जस्तै पानी परेको एक दुई घण्टामै सुकाएर खेल खेलाउने स्तरमा काम गर्न चाहन्छौं । क्यानको योजना छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, कोषाध्यक्ष सिंहले भने ।

नेपालमा घरेलु क्रिकेट निकै कम हुन्छन् । वर्षा भएखेलहरु स्थगित हुन्छन् र टोलीहरुले अंक बाँड्छन् । त्यसले केहि टोलीलाई फाइदा घाटा हुन्छ । सबैभन्दा घाटा भने खेलाडीलाई हुन्छ । खेलाडी खेल्न र आफ्नो प्रतिभा देखाउन पाउदैनन् । नेपाली क्रिकेटको स्तर फेरिएको छ । टोलीको स्तरसँगै संरचना र सामग्रीहरु पनि फेरिनुपर्छ । फ्लडलाइट, प्याराफिट र पानी सकाउने मेसिन टियु मैदानका अवका सर्वाधिक बढी आवश्यक कुरा हुन् । यस विषयमा सम्बन्धित निकायको समयमै ध्यान जान आवश्यक छ । टोलीको स्तरमात्र फेरिएर हुँदैन घरेलु संचरना पनि त्यसै अनुसार विकास गर्दै लैजानुपर्छ । अनिमात्र विश्वले हेर्ने नजर र सम्मानमा पनि परिवर्तन आउँछ ।

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.