4 years ago
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अनिल कुमार शाहको विष्फोटक ब्याटिङमा विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनलाई १ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनायो । विराटनगरका अनिल १६ बलमा २ चौका र ५ छक्का सहित ४५ रनमा अविजित रहे । अनिलले अन्तिम ओभरमा तीव्र गतिका बलर जितेन्द्र मुखियालाई पहिलो, दोस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए ।
भिजेको आउटफिल्डको कारण निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरुभएपटि खेल ८–८ ओभरमा झारिएको थियो । ओपनर रयानखान पठान ११ बलमा २ चौका र ३ छक्का सहित ३० रन बनाउँदै आउट भएका थिए ।
तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको अन्तिम बलमा पुल सट खेलेका ओपनर रयानखान पठान डिपस्क्वायरमा अशान प्रियंजनबाट क्याच आउट हुन पुगे । रायन बर्लको तेस्रो बलमा अर्का ओपनर आसिफ शेख २ रनमा गुलशनबाट क्याच आउट भए । अर्को बलमा दिलशान मुनाविरा रन आउट हुन पुगेका थिए ।
स्पिनर सन्दीप लामिछानेको चौथो ओभरको पाँचौ बलमा अघि बढेर सट खेल्न खोजेका सिकन्दर राजा मिस हुँदा ४ रनमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट स्टम्पिङ आउट भएका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्का सहित १५ रनमा आउट भए । सौरभ खनाल ५ रनमा अविजित रहे ।
काठमाडौंका रायन बर्ल, गुलशन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]