4 years ago
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिल कुमार शाह र रायनखान पठानको उत्कृष्ट प्रदर्शनमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । काठमाडौंका विकेटकिपर रहमानउल्लाह गुरबाज १५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक २८ रनमा आउट भए । राजु रिजाल १५ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । सुबास खकुरेल १० बलमा ३ छक्का सहित २६ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त हुन सकेन ।
काठमाडौैंलाई अन्तिम ओभरमा जितको लागि ६ बलमा २६ रन चाहिँएको थियो । सुबास खकुरेलले रायनखान पठानलाई पहिलो बलमा छक्का, दोस्रो बलमा दुई र तेस्रो बलमा छक्का प्रहार गरेपछि खेल रोचक बनेको थियो । बाँकी ३ बलमा १२ रन चाहिँएको थियो । चौथो बलमा दुई र पाँचौं बलमा एक रन बनाएपछि जितको आशा सकिएको थियो । अन्तिम बलमा पठानले एक रन दिँदै विराटनगरको पहिलो जित पक्का गराए ।
बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. को चौथो ओभरको दोस्रो बलमा ठूलो सट खेलेका ओपनर रहमानउल्लाह गुरबाज लङअफमा करण केसीबाट समातिएपछि काठमाडौंलाई कठिन बनेको थियो । छैटौं ओभरमा रायनखान पठानले लगातार दुई विकेट लिएपछि काठमाडौंको जित सम्भावना टाढिएको थियो । चौथो बलमा बर्ल तेस्रो बलमा करण केसीबाट १५ रनमा समातिन पुगे । उनले ७ बलमा २ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा अशान प्रियंजन टप एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएपछि काठमाडौं समस्यामा परेको थियो ।
विराटनगरका रायनखान पठानले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी.ले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। विराटनगरका अनिल १६ बलमा २ चौका र ५ छक्का सहित ४५ रनमा अविजित रहे । अनिलले अन्तिम ओभरमा तीव्र गतिका बलर जितेन्द्र मुखियालाई पहिलो, दोस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । ओपनर रयानखान पठान ११ बलमा २ चौका र ३ छक्का सहित ३० रन बनाउँदै आउट भएका थिए ।
तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको अन्तिम बलमा पुल सट खेलेका ओपनर रयानखान पठान डिपस्क्वायरमा अशान प्रियंजनबाट क्याच आउट हुन पुगे । रायन बर्लको तेस्रो बलमा अर्का ओपनर आसिफ शेख २ रनमा गुलशनबाट क्याच आउट भए । अर्को बलमा दिलशान मुनाविरा रन आउट हुन पुगेका थिए ।
स्पिनर सन्दीप लामिछानेको चौथो ओभरको पाँचौ बलमा अघि बढेर सट खेल्न खोजेका सिकन्दर राजा मिस हुँदा ४ रनमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट स्टम्पिङ आउट भएका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्का सहित १५ रनमा आउट भए । सौरभ खनाल ५ रनमा अविजित रहे ।
काठमाडौंका रायन बर्ल, गुलशन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए । यो जितसँगै विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित २ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।
काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट, भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो । चौथो खेलमा विराटनगर पोखरासँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । काठमाडौंले प्लेअफमा स्थान बनाउन बाँकी दुबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । काठमाडौंले सोमबार पोखरा राइनोजसँग खेल्ने छ ।
अंक तालिका
चितवन ३ खेलमा ३ मानै जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा रहँदै बाहिरिएयो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]