4 years ago
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चितवन टाइगर्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।

प्लेअफको अंक गणीतिय आशा कायमै राख्न ललितपुरलाई यस खेल जित्नैपर्ने हुन्छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । ललितपुरले यसअघि विराटनगर वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै इपिएलकै सर्वाधिक ठूलो २ सय २६ रनको योगफल बनाएको थियो ।
ललितपुरका जयकिशन कोल्सावालाले ३३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । ओपनर सान्दुन विराक्कोडी ९ बलमा ३ चौका सहित १४ रनमा आउट भए । चितवन सामू ललितपुरका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा कप्तान कुशल भुर्तेल करिम जन्नतबाट १ रनमा क्याच आउट हुन पुगेका थिए । तेस्रो ओभरको तेस्रो बलमा ओपनर सान्दुन विराक्कोडी जन्नतको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे । कमलले सन्दीप जोरालाई भीम सार्कीबाट ४ रनमा क्याच आउट हुँदा ललितपुर ३.३ ओभरमा २५–३ को कमजोर अवस्थामा थियो ।

योगेन्द्रसिंह कार्की गोल्डेन डक आउट हुन पुगे । छैटौं ओभरको अन्तिम बलमा ललितपुरका प्रमुख हतियार आजमतुल्लाह ओमरजाईलाई भीम सार्कीले गल्लीबाट सिधैं स्टम्प ताक्दै रन आउट गराएपछि ललितपुरको ठूलो योगफलको सम्भावना सकिएको थियो । ओमरजाईले ९ बलमा १ छक्का प्रहार गरे । जन्नतको बलमा पवन सरार्फ एज लागेर विकेटकिपर मोहम्मद शाहजादबाट शून्यमा क्याच गराएपछि ललितपुर ७.५ ओभरमा ४८–६ को अवस्थामा पुगेको थियो ।
राशिद खान ५ र रिजन ढकाल २ रनमा आउट भए । ललितनारायण राजवंशी ९ र सूर्य तामाङ ११ रनमा अविजित रहे । सूर्यले १८ बलमा १ छक्का प्रहार गरे । ललितले १५ बलमा १ चौका प्रहार गरे । अन्तिम विकेटका लागि ललित र सूर्यले अविजित २४ रनको साझेदारी गरेका थिए ।
ललितपुरका सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

करिम जन्नतले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । साहब आलमको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]