4 years ago
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । लगातार चौथो जितसँगै चितवन पहिलो पटक इपिएलको क्वालिफायरमा पुगेकोछ ।ललितपुर पराजित हुँदा भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज प्लेअफमा पुगेका छन् ।

जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका ओपनर मोहम्मद शाहजाद २८ बलमा ४ चौका र २ छक्का सहित ३५ रनको योगदान दिए । भीम सार्की २२ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा क्याच आउट भए ।
डेब्यू खेल खेलेका युवा ब्याटर खडक बोहरा आजमतुल्लाह ओमरजाईको तेस्रो ओभरको दोस्रो बलमा शून्यमा क्याच आउट हुन पुगेका थिए । करिज जन्नतलाई ओमरजाईले १ रनमा योगेन्द्र कार्कीबाट क्याच गराएका थिए । नवौं ओभरको तेस्रो बलमा शाहजादलाई युबा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले पवन सरार्फबाट क्याच आउट गराएका थिए । मलेसिया युवा स्टार विरनदीप १९ बलमा १३ रन बनाए । दीलिप नाथ १६ र राजेश पुलामी मगर ६ रनमा अविजित रहे ।
ललितपुरका रिजन ढकालले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाईले २ र योगेन्द्रसिंह कार्कीले १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । ललितपुरका जयकिशन कोल्सावालाले ३३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । ओपनर सान्दुन विराक्कोडी ९ बलमा ३ चौका सहित १४ रनमा आउट भए । चितवन सामू ललितपुरका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा कप्तान कुशल भुर्तेल करिम जन्नतबाट १ रनमा क्याच आउट हुन पुगेका थिए । तेस्रो ओभरको तेस्रो बलमा ओपनर सान्दुन विराक्कोडी जन्नतको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे । कमलले सन्दीप जोरालाई भीम सार्कीबाट ४ रनमा क्याच आउट हुँदा ललितपुर ३.३ ओभरमा २५–३ को कमजोर अवस्थामा थियो ।
योगेन्द्रसिंह कार्की गोल्डेन डक आउट हुन पुगे । छैटौं ओभरको अन्तिम बलमा ललितपुरका प्रमुख हतियार आजमतुल्लाह ओमरजाईलाई भीम सार्कीले गल्लीबाट सिधैं स्टम्प ताक्दै रन आउट गराएपछि ललितपुरको ठूलो योगफलको सम्भावना सकिएको थियो । ओमरजाईले ९ बलमा १ छक्का प्रहार गरे । जन्नतको बलमा पवन सरार्फ एज लागेर विकेटकिपर मोहम्मद शाहजादबाट शून्यमा क्याच गराएपछि ललितपुर ७।५ ओभरमा ४८–६ को अवस्थामा पुगेको थियो ।

राशिद खान ५ र रिजन ढकाल २ रनमा आउट भए । ललितनारायण राजवंशी ९ र सूर्य तामाङ ११ रनमा अविजित रहे । सूर्यले १८ बलमा १ छक्का प्रहार गरे । ललितले १५ बलमा १ चौका प्रहार गरे । अन्तिम विकेटका लागि ललित र सूर्यले अविजित २४ रनको साझेदारी गरेका थिए । ललितपुरका सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । करिम जन्नतले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । साहब आलमको नाममा १ विकेट रह्यो ।
चितवन ४ खेलमा ४ मानै जित सहित शीर्ष स्थानमा छ । चितवनले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ । पहिलो क्वालिफायरमा पराजित भएपनि फाइनलमा पुग्न एलिमिनेटरको विजेतासँग खेल्ने छ । चितवनले लिगको अन्तिम खेल सोमबार भैरहवासँग खेल्नेछ । उक्त खेलमा विजयी भए शीर्षस्थानमा रहने छ ।

उक्त खेलमा पराजित भएपनि भैरहवा नजितामा शीर्ष वा दोस्रो स्थानमा रहने निर्धारण हुने छ । भैरहवा प्लेअफ पक्का भई सकेकोछ । ललितपुरको ५ खेलमा १ मा जित र ३ मा हार सहित तीन अंक छाड्दै चौथो स्थानमा छ । काठमाडौं बाँकी दुबै खेलमा पराजित भएका ललितपुर नाटकीय रुपमा प्लेअफमा पुग्नेछ । काठमाडौंले सोमबार पोखरा र मांगलबार भैरहवासँग खेल्नेछ ।
ललितपुरको हारसँगै पोखरा एक खेल अगावै प्लेअफमा पुगेको छ । पोखरा ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंक हुँदा ललितपुरको हारले प्लेअफमा पुगेको हो । विराटनगर भने ५ खेलमा ४ मा हार र १ मा जित सहित २ अंक छोड्दै पुछारमा रहँदै बाहिरी सकेको छ ।
लिगका शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर बुधबार हुनेछ । बुधबारनै तेस्रो र चौथो स्थानका टोलीबीच एलिमिनेटर हुनेछ । पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरबीचको विजेता फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर बिहीबार हुनेछ । फाइनल शनिवार हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन् ।
अंक तालिका
चितवन ४ खेलमा ४ मानै जितका साथ ८ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ५ खेलमा १ मा जित र ३ मा हार सहित ३ अंक जोड्दै चौथो स्थानमा । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा रहँदै बाहिरियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]