default_image

4 years ago

October 3, 2021

पन्जाबलाई हराउँदै बेंगलोर प्लेअफमा

152 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफमा पुगेको छ । बेंगलोर प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पन्जाबका मयंक अग्रवालले ४२ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान लोकेश राहुल ३५ बलमा १ चौका र २ छक्का सहित ३९ रन बनाए । पहिलो विकेटका लागि राहुल र अग्रवालले १०.५ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात पाएपनि त्यसपछिका ब्याटर चल्न नसक्दा पराजित हुन पुगेको हो ।

यो हारसँगै पन्जाबको अघिल्लो चरण अंक गणीतिय आशा मात्र बाँकी छ । एडेन माक्ररम २०, शाहरुख खान १६ र मोइजेस हेनरिक्स १२ रनमा आउट भए । बेंगलोरका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे । जर्ज ग्रेटन, शाहबज अमदले १–१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । बेंगलोरका ग्लेन म्याक्सवेलले ३३ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । आइपिएलमा म्याक्सवेलले आफ्नो उच्च लयलाई निरन्तरता दिएका छन् । यसअघि म्याक्सवेलले राजस्थान रोयल्सविरुद्ध ५० रनमा अविजित र मुम्बई इन्डियन्ससँग ५६ रनको इनिङ खेलेका थिए ।

ओपनर देवदत्त पाडिक्कलले ३८ बलमा ४ चौका र २ छक्का सहित ४० रनमा आउट भए । विराट कोहली २४ बलमा २ चौका र १ छक्का सहित २५ रनमा बोल्ड आउट भए । एवि डिभिलियर्स १८ बलमा १ चौका र २ छक्का सहित २३ रनमा आउट भए । पन्जाबका मोइजेस हेनरिक्सले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

बेंगलोर प्लेअफमा पुग्ने तेस्रो टोली हो । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स यस अघिनै पुगि सकेका थिए । अन्तिम चारमा स्थान बनाउन अव मुम्बई इन्डियन्स, कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच उच्च प्रतिस्पर्धा हुनेछ । तीनै टोलीको समान १० अंक छ । समान दुई दुई खेल खेल्न बाँकी छ । दुबै खेलमा फरकिलो जित निकाल्ने टोली मध्य एक नेट रनरेटको आधारमा प्लेअपमा पुग्नेछन् । पन्जाबको पनि प्लेअफको सम्भावना लगभग सकिएको छ । अंक गणीतिय झिनो आशा बाँकी छ । हैदराबाद औपचारिक रुपमा बाहिरि सकेको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स १२ खेलमा ९ जित र ३ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ९ मा जित र ३ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १२ खेलमा ५ जित र ७ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । राजस्थान रोयल्स १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंकका छैटौं स्थानमा छ । मुम्बई १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंक जोड्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ११ खेलमा ९ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.