default_image

4 years ago

October 4, 2021

इपिएल प्लेअफ : कुन टिमलाई के आवश्यक?

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण काठमाडौंको टियु क्रिकेट मैदानमा जारी छ । इपिएलका लिग चरणका तीन खेल बाँकी छन् । ६ टोलीबीचको प्रतिस्पर्धामा प्लेअफमा तीन टोलीले स्थान पक्का गराएका छन् । विराटनगर वारियर्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । अव दुई टोली मध्य एकले प्लेअफमा स्थान बनाउनेछन् ।

चितवन टाइगर्स सुरुवाती चार खेलमा चारमानै जितका साथ क्वालिफायरमा स्थान पक्का गराएको छ । कागजी रुपमा तुलनात्मक रुपमा केहि कमजोर देखिएपनि मैदानमा उत्कृष्ट प्रदर्शनका साथ शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको हो । चितवनसँग पहिलो क्वालिफायरमा को भिड्ने टुङ्गो लाग्न बाँकी छ । भैरहवा दुई र पोखरा एक खेल खेल्न बाँकी छ ।

लिगका पाँचै खेल खेलेको ललितपुर काठमाडौंको नतिजा पर्खेर बसेको छ । समिकरण अनुसार ललितपुर ३ अंकमै पनि प्लेअफ खेल्न सक्छ । ललितपुर पनि त्यहिँ अंक गणीतिय आशामा बसेको छ । तर त्यसको लागि पूर्णरुपमा अरुको नतिजामा निर्भर हुनुपर्छ । इपिएलमा लिगका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर अवसर पाउने छ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । एलिमिनेटर विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर र एलिमिनेटरका खेलहरु बुधबार हुनेछन् । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुने छ । इपिएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्तगर्नेछन् । इपिएल प्लेअफ समिकरण पूरा हुन कसलाई के आवश्यक पर्छ हेर्नुहोस् :

काठमाडौं किंग्स इलेभेन

सन्दीप लामिछाने कप्तान रहेको काठमाडौंलाई प्लेअफमा पुग्न अव दुई खेलमा मात्र एक अंक आवश्यक छ । बाँकी दुई मध्य एक खेलमा विजयी भएमा स्वत प्लेअफमा पुग्ने छ । काठमाडौंले सोमबार पोखरा र मंगलबार भैरहवासँग खेल्नेछ । यी दुई खेल मध्य एकमा पराजित र एक खेल वर्षाको कारण अंक बाँडेपनि प्लेअफमा पुग्नेछ । तर दुबै खेलमा पराजित भएमा भने ललितपुर ३ अंकका साथ प्लेअफमा स्थान बनाउने छ । पोखरा र भैरहवा दुबै टोलीलाई शीर्ष दुईमा रहन जित्नैपर्ने हुँदा खेल रोचक बन्ने आशा गरिएको छ । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंक जोड्दै पाँचौं स्थानमा छ ।

ललितपुर प्याट्रीयट्स

साविक विजेता ललितपुर प्याट्रियट्सले लिगका सबै खेल खेलेको छ । ५ खेलमा ललितपुर ३ मा हार र १ मा जित सहित ३ अंकका साथ चौथो स्थानमा छ । अन्तिम चारमा रहेर प्लेअफ खेल्न काठमाडौं बाँकी दुबै खेलमा पराजित हुनुपर्छ । काठमाडौं दुबै खेलमा पराजित भएमा ललितपुर ३ अंकमै प्लेअफ खेल्नेछ । तर काठमाडौं एक खेलमा विजयी वा अंक बाँडे भने पनि ललितपुरको सम्भावना सकिनेछ ।

चितवन टाइगर्स :

चितवन पहिलो पटक इपिएलको क्वालिफायरमा छ । चितवन अपराजित रहँदै क्वालिफायर खेल्ने सोचमा छ । चितवनले भैरहवालाई पराजित गरे १० अंकका साथ शीर्षस्थानमा रहनेछ । भैरहवासँग पराजित भएपनि शीर्षस्थानमा रहन सक्छ । अन्तिम खेलमा भैरहवा काठमाडौंसँग पराजित ८ अंक पुग्नेछैन । जसले गर्दा चितवन शीर्षस्थानमा रहनसक्छ ।

पोखरा राइनोज

पोखरा प्लेअफमा पुगिसकेको छ । तर शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्न सोमबार अन्तिम खेलमा काठमाडौंलाई हराउनुपर्ने हुन्छ । अन्तिम खेलमा पोखरा विजयी भएमा उसको ५ खेलमा ७ अंक हुनेछ । ७ अंकमै रहेर प्लेअफ खेल्न भैरहवाले बाँकी दुई खेल मध्य एकमा हार्नुपर्छ । भैरहवा दुबै खेलमा विजयी भएमा भने पोखराले काठमाडौंलाई पराजित गरेपनि एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।

भैरहवा ग्ल्याडियटर्स

भैरहवा ३ खेलमा १ मा जित सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । भैरहवा प्लेअफमा पुगि सकेको छ । तर भैरहवा सोच शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने हुनेछ । भैरहवा शीर्षस्थानको लडाईंमा हुनेछ । भैरहवाले सोमबार चितवन र मंगलबार काठमाडौंसँग खेल्नेछ । दुबै खेलमा विजयी भएमा भैरहवा शीर्षस्थानमा रहनेछ । भैरहवा दुबै खेलमा विजयी भएमा ८ अंक हुनेछ । चितवनको पनि ८ अंक हुँदा नेटरनरेटको आधारमा शीर्षस्थानमा रहनेछ । अथवा पोखरा अन्तिम खेलमा पराजित भएमा र बाँकी दुई खेल मध्य एक खेलमा विजयी भएमा पनि भैरहवा शीर्ष दुईमा रहनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.