default_image

4 years ago

October 4, 2021

सोमपाल नखेलेको खेलमा चितवनको मध्यम सुरुवात

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर तथा चितवन टाइगर्सका कप्तान सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणका आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध नखेल्ने भएका छन् ।

टियु मैदानमा जारी खेलमा भैरहवाविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन बनाएको छ । चितवनका ओपनर मोहम्मद शाहजाद २४ र करिम जन्नत १५ रनमा अविजित छन् । तीव्र गतिका बलर धाम्मिका प्रसादको तेस्रो ओभरको दोस्रो बलमा ओपनर खडक बहादुर बोहरा शून्यमा बोल्ड आउट भएका थिए ।

चिवतको कप्तानी दीलिप नाथले गरेका छन् । नियमित कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । कप्तान सोमपाल कामी, विरनदीप सिंह र साहब आलमलाई चितवनले विश्राम दिएको छ । तीव्र गतिका बलर गौतम केसी र युवा ब्याटर देव खनालले इपिएलमा डेब्यू गरेका छन् । गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा देव र गौतमले राम्रो प्रभाव छाडेका थिए ।


मलेसियाली ब्याटर विरनदीपसिंहको स्थानमा श्रीलंका शेकुगे प्रसन्नालाई मौका दिएको छ । भैरहवाले टोलीमा कुनै परिवर्तन गरेको छैन । युवा ब्याटर रोहित कुमार पौडेललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

चितवनको प्लेइङ ११ :
दीलिप नाथ (कप्तान), मोहम्मद शाहजाद, खडक बोहरा, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, देव खनाल, राजेश पुलामी मगर र गौतम केसी ।

भैरहवा प्लेइङ ११ :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल (उपकप्तान), आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.