default_image

4 years ago

October 4, 2021

भैरहवालाई चितवनको प्रतिस्पर्धात्मक लक्ष्य

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणमा आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए । चितवनका नियमति कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनको कप्तानी दीलिप नाथले गरेका छन् ।

तीव्र गतिका बलर धाम्मिका प्रसादले तेस्रो ओभरको दोस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरे । स्पिनर कुशल मल्लको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका शाहजाद लङअफमा दुर्गेश गुप्ताबाट क्याच आउट भएका थिए । करिम जन्नतले ब्यक्तिगत २० रनमा जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर कृष्ण कार्कीको दशौं ओभरको दोस्रो बलमा टप एज लागेपछि सट मिडविकेटमा कप्तान शरद भेषावकरले क्याच ड्रप गरेका थिए । कुशलको ११ औं ओभरमा दोस्रो बलमा देव खनाल ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट ६ रनमा स्टम्पिङ आउट हुनपुगे ।


कृष्णको १५ औं ओभरको पहिलो बलमा जन्नत लङअफमा गुप्ताबाट समातिन पुगे । अभिनाश बोहराले १६ औं ओभरको पहिलो बलमा भीम सार्कीलाई १६ रनमा बोल्ड आउट गरेका थिए । दुर्गेशले राजेश पुलामीलाई १४ रनमा बोल्ड आउट गरे । राजेशले ७ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा शेकुगे प्रसन्नाले ११ बलमा ३ छक्का सहित २४ रन बनाउँद्यै आउट भए । दीलिप नाथ ९ बलमा २ छक्का सहित १३ रनमा आउट भए ।


भैरहवा तीव्र गतिका बलर अभिनाश बोहराले अनिभनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.