4 years ago
October 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सका ओपनर प्रदीप ऐरीले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । प्रदीपले २८ बलमा अर्धशतक पूरा गर्दै भैरहवालाई सहज जिततर्फ अघि बढाएका छन् ।

प्रदीप ३० बलमा ५ चौका र ३ छक्का सहित ५३ रनमा खेलि रहेका छन् । प्रदीपले नवौं ओभरको चौथो बलमा फाइन लेगमा तीव्र गतिका बलर गौतम केसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।
जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले ९ ओभरमा कुनै विकेट नगुमाई ८६ रन बनाएको छ । तमिम इकबाल २४ बलमा ५ चौका सहित ३१ रन बनाएका छन् ।

तमिमले दुई जीवनदान पाए । शेकुगे प्रसन्नाको आठौं ओभरको तेस्रो बलमा ब्यक्तिगत २९ रनमा करिम जन्नतले क्याच ड्रप गरेका थिए । त्यसअघि भीम सार्कीले प्वाइन्टमा ब्यक्तिगत २२ रनमा क्याच ड्रप गरेका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए । तल्लोक्रममा शेकुगे प्रसन्नाले ११ बलमा ३ छक्का सहित २४ रन बनाउँद्यै आउट भए । दीलिप नाथ ९ बलमा २ छक्का सहित १३ रनमा आउट भए ।
भैरहवा तीव्र गतिका बलर अभिनाश बोहराले अनिभनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]