default_image

4 years ago

October 4, 2021

काठमाडौंको मध्यम सुरुवात

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध मध्यम सुरुवात गरेको छ ।


टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले १० ओभरमा २ विकेट गुमाउँदै ६८ रन बनाएको छ । अमित श्रेष्ठ २७ बलमा ५ चौका सहित ३१ रनमा अविजित छन् । रायन बर्ल २० बलमा १२ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रायन र अमितले ५२ रनको साझेदारी गर्दै टोेलीको इनिङ अगाडि बढाएका छन् ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर रहमानउल्लाह गुरबाजलाई रित गौतमले १२ रनमा रन आउट गर्दै पोखरालाई महत्वपूर्ण सफलता दिलाएका थिए । रितले ननस्ट्राइकमा सिधैं स्टम्प ताक्दै गुरबाजलाई पेभिलिएनको बाटो देखाए । तेस्रो ओभरको पहिलो बलमा विक्रम सोबले सुवास खकुरेललाई २ रनमा एलबिडब्लू आउट गरेका थिए ।


काठमाडौं र पोखरा दुबैले आजको खेलमा टोलीमा एक एक परिवर्तन गरेका छन् । सिद्धान्त लोहनीको स्थानमा काठमाडौंले मोहम्मद साम्सद शेखले मौका दिएको छ । पोखराले तीव्र गतिका बलर किशोर महतोलाई मौका दिँदा स्पिन अलराउन्डर विपिन खत्रीलाई बेन्चमा राखेको छ । काठमाडौंलाई प्लेअफमा स्थान बनाउन यो खेल जित्नुपर्ने दबाब छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.