4 years ago
October 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अमित श्रेष्ठ, मध्यक्रमका रायन बर्लको अर्धशतक र सन्दीप लामिछानेको आक्रामक ब्याटिङमा काठमाडौं किंग्स इलेभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । काठमाडौंका अमित श्रेष्ठले ४१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रायन बर्लले ४३ बलमा २ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।
तल्लोक्रममा कप्तान सन्दीप लामिछानेले ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनको आक्रामक इनिङ खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याए । बर्लले ४२ र अमितले ३६ बलमा अर्धशतक पूरा गरेका थिए ।

कमजोर सुरुवात गरेको काठमाडौंलाई तेस्रो विकेटका लागि रायन र अमितले १ सय ६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै पूनरागमन गरेका थिए । दोस्रो ओभरको दोस्रो बलमा ओपनर रहमानउल्लाह गुरबाजलाई रित गौतमले १२ रनमा रन आउट गर्दै पोखरालाई महत्वपूर्ण सफलता दिलाएका थिए । रितले ननस्ट्राइकमा सिधैं स्टम्प ताक्दै गुरबाजलाई पेभिलिएनको बाटो देखाए ।
तेस्रो ओभरको पहिलो बलमा विक्रम सोबले सुवास खकुरेललाई २ रनमा एलबिडब्लू आउट गरेका थिए । अमितलाई १५ औं ओभरको चौथो बलमा किशोर महतोले बोल्ड आउट गरेका थिए । नन्दन यादवको १८ औं ओभरको तेस्रो बलमा बर्ल एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगेका थिए ।

अमरसिंह राउटेला ७ रनमा क्याच आउट भए । विवेक यादवको अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेलेका सन्दीप एज लागेर थर्डमा क्याच आउट भएका थिए । पोखरा तीव्र गतिका बलर विवेक यादवले १ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साहन अर्चाचिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]