default_image

4 years ago

October 4, 2021

रोमान्चक मोडमा पुगेको काठमाडौं र पोखराबीचको खेल वर्षाले रोकियो

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल रोमान्चक मोडमा वर्षाको कारण रोकिएको छ । टियु मैदानमा भारी वर्षा भएको हुँदा पुन खेल हुने सम्भावना कम छ । यो अवस्थामा डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निर्धारण हुनेछ । डकवर्थ लेविसमा पोखरा १४ रनले अगाडि छ ।

प्लेअफमा स्थान बनाउन काठमाडौंलाई यस खेल जित्नुपर्ने दबाब छ । पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक पर्छ । रोमान्चक मोडमा पुगेको समयमा वर्षाको कारण खेल रोकिएको छ ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको छ । पोखराका युवा ब्याटर विवेक यादव २८ बलमा ४ चौका र २ छक्का सहित ४१ रनमा अविजित छन् । लोकेश बम ८ बलमा ३ चौका सहित १८ रनमा अविजित छन् ।

श्रीलंका ब्याटर असान अर्चाचिगेले २३ बलमा ४ चौका र ३ छक्का सहित ४३ रनमा क्याच आउट भए । गुलशनको तेस्रो ओभरको पाँचौं बलमा ओपनर रित गौतम एज लागेर २ रनमा अमरसिंह राउटेलाबाट क्याच आउट भएका थिए । गुलशनकै बलमा पाँचौं ओभरको दोस्रो बलमा ओपनर रिचार्ड लेभीबाट १७ रनमा क्याच आउट भएपछि पोखराले खराब सुरुवात गरेको थियो । लेभीले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

जितेन्द्र मुखियाको छैटौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट ५ रनमा समातिन पुगे । मुखियाले दुई बलपछि असेला गुणरत्नेलाई शून्यमा बोल्ड आउट गर्दा पोखरा ५.५ ओभरमा ३६–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि असान अर्चाचिगे र विवेक यादवले ७७ रनको महत्वपूर्ण साझेदारी गर्दै पोखराको जितको सम्भावना कायमै राखेका थिए । कप्तान सन्दीप लामिछानेको १३ औं ओभरको अन्तिम बलमा अर्चाचिगे अमित श्रेष्ठबाट क्याच आउट भएका थिए । काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक २ विकेट लिएका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । काठमाडौंका अमित श्रेष्ठले ४१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रायन बर्लले ४३ बलमा २ चौका र ३ छक्का सहित ५० रनमा आउट भए । तल्लोक्रममा कप्तान सन्दीप लामिछानेले ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनको आक्रामक इनिङ खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

बर्लले ४२ र अमितले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । पोखरा तीव्र गतिका बलर विवेक यादवले १ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साहन अर्चाचिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.