default_image

4 years ago

October 5, 2021

चेन्नईमाथि रोमान्चक जितसँगै दिल्ली शीर्षस्थानमा

218 views

0 Bookmark

एजेन्सी – तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्समाथि ३ विकेटको रोमान्चक जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ । योसँगै दिल्लीको शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर शिखर धवनले ३५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । दिल्लीलाई अन्तिम ओभरमा जितको लागि ६ बलमा ६ रन चाहिँएको थियो । तीन बलमा दुई रन चाहिँएको अवस्थामा चौथो बलमा कागिसो रबाडाले ड्वेन ब्राभोलाई चौका प्रहार गर्दै जित पक्का गराए ।

दिल्लीको जितमा तल्लोक्रममा ब्याटिङ गर्दै शिम्रन हेटमायरले १८ बलमा २ चौका र १ छक्का सहित २८ रनको महत्वपूर्ण अविजित इनिङ खेले । ओपनर पृथ्वी शा र रिपल पटेल १८–१८ रनमा आउट भए । ऋषभ पन्त १५, श्रेयस ऐर र रविचन्द्रन आश्विन २–२ र अक्षर पटेल ५ रनमा आउट भए । चेन्नईका रविन्द्र जडेजा र शार्दूल ठाकुरले २–२ विकेट लिए । दीपक चाहर, ड्वेन ब्राभो र जोश हेजलवुडले १–१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायुडूले ४३ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । कप्तान महेन्द्रसिंह धोनी १८, ऋतुरजा गायकवाड १३, फाफ डु प्लेसिस १०, रोविन उथप्पा १९ र मोईन अली ५ रनमा आउट भए । दिल्लीका अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्किया, आवेश खान र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।

यो जितसँगै दिल्लीले लिगमा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ । दिल्लीले अन्तिम खेलमा बेंगलोरलाई पराजित गरेमा शीर्षस्थानमा रहेर क्वालिफायर खेल्ने छ । १६ अंक भएको बेंगलोरले दुई खेल खेल्न बाँकी छ । बंगलोर दुबै खेलमा विजयी भएपनि नेटरनरेटको आधारमा दिल्ली अघि रहनसक्छ । चेन्नई अन्तिम खेलमा पराजित भएमा पनि दिल्ली क्वालिफायरमा स्थान पक्क गराउने छ । दिल्लीको अंक तालिकामा २० अंक छ । उसलाई अंक गणीतिय रुपमा चेन्नई र बेंगलोरले मात्र भेट्टाउन सक्छन् । दोस्रो स्थानमा रहेको चेन्नईले एक खेल खेल्न बाँकी हुँदा १८ अंक छ । दिल्लीले शुक्रबार बेंगलोरसँग खेल्नेछ ।

दिल्ली, बेंगलोर र चेन्नई प्लेअफमा पुगि सकेका छन् । कोलकाता, राजस्थान, पन्जाब र मुम्बई मध्य एक टोलीले प्लेअफमा स्थान बनाउनेछन् । शीर्ष दुई टोलीले क्वालिफायर खेल्दा तेस्रो र चौथो स्थानको टोलीले एलिमिनेटर खेल्नेछन् ।

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ९ जित र ४ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ६ जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । राजस्थान रोयल्स १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंकका छैटौं स्थानमा छ । मुम्बई १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंक जोड्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा १० मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.