4 years ago
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम तथा निर्णायक काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल नहुने सम्भावना उच्चछ ।

खेल निर्धारित समय अनुसार ९ : ३० मा सुरु हुनेपर्ने थियो । तर सोमबार भारी वर्षाको कारण भिजेको आउटफिल्ड खेल हुने सम्भावना निकै कम छ । मैदानका कर्माचारी पानी सुकाउन निरन्तर खटि रहेका छन् । तर मैदानको अवस्था हेर्दा खेल हुने सम्भावना निकै कम देखिन्छ ।
खेल भएमा पनि ६ ओभरको मात्र सम्भव देखिन्छ । तालिका अनुसार काठमाडौं र भैरहवाबीचको खेल शनिबार हुनेतय थियो । तर शनिबार भिजेको आउटफिल्डको कारण खेल स्थगित हुन पुगेको थियो । भैरहवा र काठमाडौंबीचको कटअफ टाइम १२ : ५५ रहेको छ । उक्त समय सम्म खेल हुन नसके रद्ध हुनेछ । यस खेल एक पटक स्थगित भई सकेको हुँदा इपिएल नियम अनुसार अंक बाँडिने छ । रद्ध हुँदा दुबै टोलीले १-१ अंक बाँड्नेछन् ।
यस खेल रद्ध भएमा ललितपुर प्याट्रियट्र्सको प्लेअफको सम्भावना समाप्त हुनेछ । काठमाडौं आजको खेलमा पराजित भएमा ललितपुर प्लेअफ पुग्ने समिकरण छ । विजयी भए वा अंक बाँडेमा काठमाडौं प्लेअफमा पुग्नेछ । खेल रद्ध हुँदा काठमाडौं र ललितपुरको समान ३–३ अंक हुनेछ । तर नेटरनरेटको कारण काठमाडौं प्लेअफमा पुग्नेछ । खेलरद्ध भएमा भैरहवा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्नेछ । भैरहवा पराजित भए क्वालिफायरमा चितवन र पोखरा राइनोजबीच प्रतिस्पर्धा गर्ने समिकरण छ ।

पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा छ । चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । भैरहवा ४ खेलमा २ मा जित सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । ललितपुरसँग टाई हुँदा अंक बाँडेको थियो । भैरहवा लिगमा अपराजित एक्लो टोली हो ।
ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ चौथो स्थानमा छ । काठमाडौंको ४ खेलमा १ मा जित र ३ मा हार सहित ३ अंक जोड्दै पाँचौं स्थानमा छ । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]