default_image

4 years ago

October 5, 2021

खेल रद्द भएपछि काठमाडौं र भैरहवा एलिमिनेटरमा भिड्ने

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल रद्द भएपछि भैरहवा ग्ल्याडियटर्स तेस्रो भएको छ ।

खेल स्थगित भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका हुन् । योसँगै ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ । अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । योसँगै इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् । भैरहवा कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके, काठमाडौंका कप्तान सन्दीप लामिछाने र अम्पायरहरुको लामो छलफलपछि खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

यस खेल एक पटक स्थगित भइसकेको हुँदा इपिएल नियम अनुसार अंक बाँडिएको हो । चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

समान अंक भएपनि प्रतियोगिताको नियमअनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ । अंक तालिकामा समान ७ अंक रहेपनि जितको आधारमा पोखरा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको हो । भैरहवाले २ र पोखराले ३ खेलमा जित निकालेका थिए । लिगमा भैरहवा अपराजित रहेपनि एलिमिनेटर खेल्नु परेको हो । भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । अर्को खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो ।

काठमाडौं ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रह्यो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौं स्थानमा रह्ये । काठमाडौं नेटरनरेटको कारण एलिमिनेटर खेल खेलेको हो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पुछारमा रह्यो । पहिलो क्वालिफायर बुधबार ९:३० मा हुने छ । बुधबारनै एलिमिनेटर हुनेछ । एलिमिनेटर १:३० मा हुने छ । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.