default_image

4 years ago

October 6, 2021

साविक विजेता मुम्बईको प्लेअफ सम्भावना कायमै

121 views

0 Bookmark

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि सहज जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ सम्भावना कायमै राखेको छ । मंगलबार राती राजस्थानमाथि ८ विकेटको सहज जित निकाल्दै मुम्बई पाँचौं स्थानमा उक्लिएको छ ।

जितको लागि ९१ रनको सामान्य विजयी लक्ष्य मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशन २५ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । कप्तान रोहित शर्मा २२ र सूर्यकुमार यादव १३ रनमा आउट भए । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले १–१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । राजस्थानका ओपनर एविन लेविसले १९ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक २४ रन बनाए । यशस्वी जैसवाल १२, डेविड मिलर १५ र राहुल टेवाटिया १२ रनम आउट भए । कप्तान सन्जु स्यामसन र शिवम दुबे ३–३ रनमा आउट भए । ग्लेन फिलिप्स ४ रनमा आउट हुन पुगे ।

मुम्बईका नाथन कुल्टर नाइलले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । जेम्स निसमले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

योसँगै मुम्बईको प्लेअफ दौड कायमै रहेको छ । मुम्बईले अन्तिम खेल शुक्रबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा मुम्बई फराकिलो अन्तरले विजयी भएमा १४ अंकका साथ प्लेअफमा पुग्न सक्ने समिकरण छ । कोलकाताले बिहीबार राजस्थानसँग खेल्नेछ । कोलकातालाई पनि अन्तिम खेलमा फराकिलो जितको आवश्यक पर्नेछ । कोलकता र मुम्बई अन्तिम खेलमा विजयी भएमा दुबैको १४-१४ अंक हुनेछ । नेट रनरेटको आधारमा एक टोली प्लेअफमा पुग्नेछन् । तर यी दुबै टोली अन्तिम खेलमा पराजित भएमा राजस्थान र पन्जाबलाई पनि १२ अंकमा साथ प्लेअफको बाटो खुल्नेछ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ९ जित र ४ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ६ जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै पाँचौ स्थानमा छ ।

पन्जाब १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा १० मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ ।
हैदराबाद लिगबाट बाहिरि सकेको छ । दिल्ली, चेन्नई र बेंगलोर प्लेअफमा पुगेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.