4 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध औसत सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ६ ओभरमा १ विकेट गुमाउँदै ३६ रन बनाएको छ । चितवनका सुनिल धमला १४ रनमा अविजित छन् । असान अर्चाचिगे १ रनमा अविजित छन् ।

कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका छन् । लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
चितवनले टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् । नेपाली घरेलु क्रिकेटका अनुवभी ब्याटर हासिम अन्सराीलेमौका पाएका छन् । चितवनले खडक बहादुर बोहरा, गौतम केसी र देव खनाललाई बेन्चमा राखेको छ । लिगमा कमजोर ओपनिङपछि सुधारको लागि चितवनले हासिम अन्सारीलाई मौका दिएको छ । पोखराले टोलीमा एक परिवर्तन गरेको छ । युवा ओपनर रित गौतमको स्थानमा सुनिल धमलालाई मौका दिएको छ । यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ ।

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा थियो । शीर्ष दुई टोली क्वालिफायर खेल्न लागेका हुन् । यस खेलमा पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । आजनै दोस्रो खेलमा एलिमिनेटरमा तेस्रो स्थानमा रहेको भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।
चितवनको प्लेइङ ११ :
दीलिप नाथ, सोमपाल कामी (कप्तान), मोहम्मद शाहजाद, हासिम अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, साहब आलम, राजेश पुलामी मगर र ।
पोखरा प्लेइङ ११ :
विनोद भण्डारी (कप्तान), सुशान भारी, विक्रम सोब, लोकेश बहादुर बम, सुनिल धमला, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]