default_image

3 years ago

October 6, 2021

खराब ब्याटिङसँगै संकटमा पोखरा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सविरुद्ध खराब ब्याटिङसँगै पोखरा राइनोज संकटमा परेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ११ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सविरुद्ध खराब ब्याटिङसँगै पोखरा राइनोज संकटमा परेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ११ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका थिए। लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

आठौं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले ओपनर सुनिल धमलालाई १८ रनमा बोल्ड आउट गरे । धमलाले ३१ बलमा २ चौका प्रहार गरे । स्पिनर साहब आलमले नवौं ओभरको दोस्रो बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा एलबीडब्लू आउट गरे । विनोद पहिलो बलमै आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के । तीन बलपछि साहबले सहान अर्चाचिगेलाई ३ रनमा विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराए ।

दशौं ओभरको पहिलो बलमा सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड आउट गर्दै पोखरालाई ४३-५ को अवस्थामा पुगेको थियो । सागरले विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरेपछि पोखरा संकटमा पुगेको छ । पोखराले अन्तिम पाँच रन जोड्न ५ प्रमुख ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको हो । पोखरालाई अन्तिम आशाको रुपमा लोकेश बम र विक्रम सोब क्रिजमा छन् ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.