default_image

4 years ago

October 6, 2021

चितवनको स्पिनर सामु पोखरा ६६ मै अल आउट

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र साहब आलमको घातक बलिङसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सलाई पोखरा राइनोजले ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भयो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको घातक बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७.५ ओभरमा ४०-१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी २६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो ।

कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका थिए। लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

आठौं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले ओपनर सुनिल धमलालाई १८ रनमा बोल्ड आउट गरे । धमलाले ३१ बलमा २ चौका प्रहार गरे । स्पिनर साहब आलमले नवौं ओभरको दोस्रो बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा एलबीडब्लू आउट गरे । विनोद पहिलो बलमै आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । तीन बलपछि साहबले सहान अर्चाचिगेलाई ३ रनमा विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराए ।

दशौं ओभरको पहिलो बलमा सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड आउट गर्दै पोखरालाई ४३-५ को अवस्थामा पुगेको थियो । सागरले विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरेपछि पोखरा संकटमा पुगेको छ । पोखराले अन्तिम पाँच रन जोड्न ५ प्रमुख ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको थियो । लोकेश बम ५ र विक्रम सोब ३ रनमा आउट भए । सुशान भारी १२ रनमा आउट भए ।

स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.