4 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । इपिएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ ।

जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भए । शाहजाद नन्दन यादवको बलमा कट एण्डबोल्ड आउट हुन पुगेका थिए ।
हासिम अन्सारी २० बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । करिम जन्नत ४ रनमा अविजित रहे । हासिमले जारी इपिएलमा पहिलो खेल खेलेका हुन् ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको घातक बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७.५ ओभरमा ४०-१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी २६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो । यो इपिएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।

कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका थिए। लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले ओपनर सुनिल धमलालाई १८ रनमा बोल्ड आउट गरे । धमलाले ३१ बलमा २ चौका प्रहार गरे ।
स्पिनर साहब आलमले नवौं ओभरको दोस्रो बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा एलबीडब्लू आउट गरे । विनोद पहिलो बलमै आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । तीन बलपछि साहबले सहान अर्चाचिगेलाई ३ रनमा विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराए ।

दशौं ओभरको पहिलो बलमा सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड आउट गर्दै पोखरालाई ४३-५ को अवस्थामा पुगेको थियो । सागरले विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरेपछि पोखरा संकटमा पुगेको छ । पोखराले अन्तिम पाँच रन जोड्न ५ प्रमुख ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको थियो । लोकेश बम ५ र विक्रम सोब ३ रनमा आउट भए ।
सुशान भारी १२ रनमा आउट भए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।

चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । यसअघि २०१७ मा लिगमा पुछारमा हुँदै बाहिरिएको थियो । २०१८ मा एलिमिनेटरमा भैरहवासँग पराजित भएको थियो । चितवनले फाइनलमा उपाधिको लागि दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । लिगको खेलमा चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो ।
एलिमिनेटर खेलमा आजनै काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदै । एलिमिनेटरको विजेताले बिहीबार फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछन् । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]