4 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका तीव्र गतिका बलर दीनेश अधिकारीले इपिएलमा डेब्यू गरेका छन् । त्यस्तै शेर मल्ल टोलीमा फर्किएका छन् ।
अफगानिस्तानका विकेटकिपर ब्याटर रहमानउल्लाह गुरबाजको स्थानमा जनक प्रकाशलाई खेलाएको छ । गुरबाज राष्ट्रिय टोलीको ड्युटीको कारण अफगानिस्तान स्वदेश फर्किएका छन् । पहिलो खेलबाट सुबास खकुरेल, मोहम्मद साम्सद शेख र गुरबाजलाई बेन्चमा राखेको छ । दीनेश, शेर र जनकलाई मौका दिएको हो ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ । चितवनले पहिलो पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । फाइनल शनिबार हुनेछ ।
काठमाडौंको प्लेइङ ११ :
सन्दीप लामिछान(कप्तान), राजु रिजाल, असान प्रियंजन, दीनेश अधिकारी, जितेन्द्र मुखिया, गुलशन झा, अमित श्रेष्ठ, रायन बर्ल, जनक प्रकाश, अमरसिंह राउटेला र शेर मल्ल ।
भैरहवा प्लेइङ ११ :
शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल (उपकप्तान), आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]