default_image

4 years ago

October 6, 2021

सन्दीप आइसिसी प्लेयर अफ द मन्थको मनोनयनमा

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोयनमा परेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका छन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचिमा परेका हुन् ।

ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए । पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए । सन्दीप आइसिसीको प्लेयर अफ द मन्थको मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिलमा यस मनोयनमा परेका थिए । तर उक्त उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले गरेका थिए ।

बंगलादेशले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलो पटक टि२० सिरिज जित्न स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए । न्युजिल्यान्डविरुद्ध पाँच टि२० आई सिरिज ३-२ ले जिताउन उनले ८ विकेट लिएका थिए । चौथो टि२० आई खेलमा १० रन खर्चेर ४ विकेट लिएका थिए । अष्ट्रेलियालाई पाँच टि२० आई सिरिजमा ४–१ ले जिताउन उनले उच्च प्रदर्शन गरेका थिए । अष्ट्रेलियालाई इतिहासकै पहिलो पटक टि२० आईमा हराउन उनले पहिलो खेलमा ४ विकेट लिएका थिए ।


अमेरिका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गरेका थिए । उनले पपुवा न्युगिनीविरुद्ध १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनको इनिङ खेलेका थिए । जसक्रममा उनले एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.