default_image

4 years ago

October 6, 2021

शरदको विष्फोटक ब्याटिङसँगै भैरहवाको विशाल योगफल

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरको विष्फोटक ब्याटिङसँगै भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।

भैरहवा कप्तान शरद भेषावकरले २० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । सन्दीप लामिछानेको अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने धुनमा डिप मिडविकेटमा अमर सिंह राउटेलाबाट क्याच आउट भएपछि शरद इपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउनबाट चुकेका थिए ।

तीव्र गतिका बलर जनक प्रकाशले चौथो ओभरको पहिलो बलमा ओपनर तमिम इकबाललाई अमित श्रेष्ठबाट ९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरंगाले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । युवा स्पिनर शेर मल्लले दशौं ओभरको अन्तिम बलमा प्रदीपलाई राजु रिजालबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । प्रदीपले २७ बलमा ६ चौका र १ छक्का सहित ३९ रन बनाए ।

थरंगालाई प्रियंजनले रायन बर्लबाट ३५ रनमा क्याच गराएका थिए । थरंगाले ३३ बलमा ५ चौका प्रहार गरे । युवा ब्याटर रोहित कुमार पौडेल १ रनमा क्याच आउट हुन पुगे । पाँचौं विकेटका लागि शरद र कुशलले ६१ रनको आक्रामक साभेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । कुशल मल्ल २० बलमा ४ छक्का सहित ३२ रनमा क्याच आउट भए । आरिफ शेख ८ बलमा १ चौका र १ छक्का सहित १५ रनमा रन आउट भए ।

असान प्रियंजनले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.