default_image

4 years ago

October 6, 2021

काठमाडौंलाई हराउँदै भैरहवा क्वालिफायरमा

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको एलिमिनेटर खेलमा भैरहवाले काठमाडौंलाई हराउँदै लगातार चौथो पटक फाइनल नजिक पुगेको छ ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । काठमाडौंका असान प्रियंजनले ४८ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । काठमाडौंलाई जितको लागि अन्तिम ६ बलमा २४ रन चाहिँएको थियो । तीव्र गतिका बलर अभिनाश बोहराले ७ रन खर्चिदै जित पक्का गराए ।

काठमाडौंलाई ओपनर राजु रिजाल र अशान प्रियंजनले ४.३ ओभरमा ३३ रनको सुरुवात दिलाएका थिए । स्पिनर कुशल मल्लको बलमा मिडअनमा भुवन कार्कीले राजुको उत्कृष्ट क्याच लिएपछि भैरहवाले पहिलो सफलता हात पारेको थियो । लगत्तै अर्को बलमा कुशलले काठमाडौंका प्रमुख ब्याटर रायन बर्ललाई शून्यमा कट बिहान्ड गराउँदा काठमाडौं समस्यामा परेको थियो ।

आरिफ शेखले दशौं ओभरको दोस्रो बलमा अमित श्रेष्ठलाई १९ रनमा बोल्ड आउट गरे । अमितले १५ बलमा २ चौका प्रहार गरे । सिंगापुरका जनक प्रकाशले १४ बलमा १ चौका र ३ छक्का सहित २८ रन बनाउँदै काठमाडौंलाई जितको आशा देखाएका थिए । तर आरिफ शेखको १४ औं ओभरको पहिलो बलमा जनकलाई शरदबाट क्याच भएपछि भैरहवा खेलमा फर्किएको थियो ।

प्रियंजनले राम्रो ब्याटिङका साथ काठमाडौंलाई जितको आशा देखाई रहेका थिए । तर १७ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर धाम्मिका प्रसादले प्रियंजनलाई बोल्ड आउट गरेपछि काठमाडौंको जितको सम्भावना टाढिएको थियो । दीनेश अधिकारीसँग तालमेल गर्न नसक्दा सन्दीप लामिछानेले ६ रनमा रन आउट भएका थिए । दीनेश ९ बलमा ३ चौका सहित १५ रन बनाए । भैरहवा कुशल मल्लले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसादले २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भैरहवा कप्तान शरद भेषावकरले २० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । सन्दीप लामिछानेको अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने धुनमा डिप मिडविकेटमा अमर सिंह राउटेलाबाट क्याच आउट भएपछि शरद इपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउनबाट चुकेका थिए ।

तीव्र गतिका बलर जनक प्रकाशले चौथो ओभरको पहिलो बलमा ओपनर तमिम इकबाललाई अमित श्रेष्ठबाट ९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरंगाले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । युवा स्पिनर शेर मल्लले दशौं ओभरको अन्तिम बलमा प्रदीपलाई राजु रिजालबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । प्रदीपले २७ बलमा ६ चौका र १ छक्का सहित ३९ रन बनाए ।

थरंगालाई प्रियंजनले रायन बर्लबाट ३५ रनमा क्याच गराएका थिए । थरंगाले ३३ बलमा ५ चौका प्रहार गरे । युवा ब्याटर रोहित कुमार पौडेल १ रनमा क्याच आउट हुन पुगे । पाँचौं विकेटका लागि शरद र कुशलले ६१ रनको आक्रामक साभेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । कुशल मल्ल २० बलमा ४ छक्का सहित ३२ रनमा क्याच आउट भए । आरिफ शेख ८ बलमा १ चौका र १ छक्का सहित १५ रनमा रन आउट भए ।

असान प्रियंजनले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

फाइनल प्रवेशको लागि भैरहवाले बिहीबार दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ । चितवन टाइगर्सले पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरि सकेको छ । फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.