4 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सका कप्तान शरद भेषावकरलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा २० प्रतिशत जरिवना लागेको छ । बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध कप्तानी गर्ने क्रममा एक ओभर स्वलो रेटका कारण कप्तान शरदको २० प्रतिशत म्याच फि काटिने भएको छ ।

शरद बाहेक भैरहवाबाट काठमाडौंविरुद्ध खेलेका बाँकी १० खेलाडीको भने १० प्रतिशत म्याच फि काटिएको छ । एकै सिजनमा दोस्रो पटक स्वलो ओभरको कारण शरद र भैरहवा अन्य खेलाडीलाई डबल फाइन सहित जरिवना लागेको हो । भैरहवाले १६ रनले पराजित गर्दै क्वालिफायरमा पुगेको छ । जारी इपिएलमा शरद दोस्रो पटक जरिवनामा परेका हुन् । लिगको खेलमा चितवन टाइगर्सविरुद्ध स्वलो ओभर रेटका कारण शरदलाई १० प्रतिशत म्याच फि जरिवना लागेको थियो । अन्य खेलाडीलाई उक्त खेलमा २ प्रतिशत जरिवना लागेको थियो ।
स्वलो ओभर रेटको कारण यसअघि लिगमा इपिएलमा पोखरा राइनोजका कप्तान विनोद भण्डारी, ललितपुर प्याट्रियट्सका कुशल भुर्तेल र काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई पनि जरिवना लागेको थियो । नियम अनुसार एक इनिङ ९० मिनेट भित्रमा सकि सकेको हुनुपर्छ । त्यो भन्दा बढी समय लागेको खण्डमा जरिवना लाग्ने गर्दछ । जसमा खेलाडी घाइते भएको, ब्याटर, छक्का बाहिर गएको वा अन्य कुनै कारण भएमा भने उक्त समय इनिङमा भने जोडिदैन ।

फाइनल प्रवेशको लागि भैरहवाले बिहीबार दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ । चितवन टाइगर्सले पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरि सकेको छ । फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।
काठमाडौंविरुद्ध खेलेको भैरहवा प्लेइङ ११
शरद भेषावकर (कप्तान) रोहित कुमार पौडेल (उपकप्तान), आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]