4 years ago
October 6, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित भएको छ । बेंगलोरको झिनो हारसँगै शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । बेंगलोरलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तर तीव्र गतिका बलर भुवनेश्वर कुमारले ८ रन खर्चेपछि हैदराबादले रोमान्चक जित हात पारेको हो । भुवनेश्वर कुमारले जर्ज ग्रेटनलाई पहिलो बलमा डट र दोस्रो बलमा १ रन दिएका थिए । तेस्रो बल एवि डिभिलियर्सलाई डट राखेका थिए । चौथो बलमा डि भिलियर्सले छक्का प्रहार गरेपछि बाँकी दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा डट र अन्तिम बलमा १ रन दिएपछि हैदराबादको जित पक्का बनेको थियो ।
बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले ५२ बलमा ४ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनमा रन आउट भए । विराट कोहली ५, ड्यानियल क्रिष्टियन १, शाहबाज अहमद १४ र स्रिकर भरत १२ रनमा आउट भए । एवि डिभिलियर्स १३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । हैदराबादका भुवनेश्वर कुमार, सिद्धार्थ कौल, जेसन होल्डर, उमरन मलिक र राशिद खानले १–१ विकेट लिए ।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । हैदराबादका ओपनर जेसन रोयले ३८ बलमा ५ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए । कप्तान केन विलियम्सनले २९ बलमा ४ चौका सहित ३१ रनमा आउट भए । अभिषेक शर्मा १३, प्रियम गर्ग १५, ऋद्धिमान शाह १० र जेसन होल्डरले १६ रन बनाए । बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।
ड्यानियल क्रिष्टियनले २, जर्ज ग्रेटन र युजभेन्द्र चहलले १–१ विकेट लिए ।
दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ । एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ । चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ । बेंगलोर अन्तिम खेलमा विजयी भए १८ अंकमा मात्र पुग्छ । जसको कारण दिल्ली क्वालिफायरमा पुगेको हो । बेंगलोरले अन्तिम खेलमा शुक्रबार दिल्लीसँग खेल्नेछ । चेन्नईले अन्तिम खेलमा बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ । चेन्नई र बेंंगलोर मध्य एक क्वालिफायरमा पुग्नेछन् ।
चेन्नई उक्त खेलमा पराजित भएमा र अन्तिम खेलमा बेंगलोरले फराकिलो जित निकालेमा नेट रनरेटको आधारमा अन्तिम दुईमा रहनसक्छ । चेन्नई विजयी भएमा बेंगलोर शीर्ष दुईमा रहने सम्भावना सकिने छ । चेन्नई अन्तिम खेलमा पराजित भएपनि नेटरनरेटका आधारमा शीर्ष दुईमा रहने उच्च सम्भावना छ । चेन्नईलाई नेट रनरेटमा पछि पार्न बेंगलोरले फराकिलो र अविश्वसनिय नतिजा निकाल्नुपर्ने हुन्छ । प्लेअफमा अव एक टोलीले स्थान बनाउन बाँकी छ । जसमा सनराइजर्स हैदराबाद बाहेक अन्य चार टोली दौडमा छन् । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको सम्भावना बलियो छ । राजस्थान रोयल्स र पन्जाब किंग्सको पनि सम्भावना छ ।
अंक तालिका
दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ९ जित र ४ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ६ जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै पाँचौ स्थानमा छ ।
पन्जाब १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १३ खेलमा १० मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]