default_image

4 years ago

October 7, 2021

पोखराले टस जित्यो, टोलीमा दुई परिवर्तन

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

पोखराले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र सुनिल धमलालाई पोखराले बेन्चमा राखेको छ । युवा ओपनर विपिन रावल र रित गौतमलाई आजको खेलमा प्लेइङ ११ मा मौका दिएको छ । पहिलो क्वालिफायरमा कमजोर ब्याटिङका कारण टोलीमा दुई परिवर्तन गरेको हो ।

भैरहवाले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर कृष्ण कार्कीको स्थानमा स्पिनर भुवन कार्कीलाई मौका पाएका छन् । वंगलादेशका ओपनर तमिम इकबाल पनि टोलीमा छैनन् । चोटका कारण एलिमिनेटर खेलमा उनी टोली दोस्रो इनिङमा फिल्डिङ गरेका थिएनन् । उनको स्थानमा शार्विन मुनिआन्दीलई मौका दिएको छ । मलेसिया शार्विनले इपिएलमा डेब्यू खेल खेलेका छन् ।

भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो । आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।

भैरहवा प्लेइङ ११ :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल (उपकप्तान), आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, शार्विन मुनिआन्दी, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र भुवन कार्की ।

पोखरा प्लेइङ ११

विनोद भण्डारी (कप्तान), विपिन रावल, विक्रम सोब, लोकेश बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.