4 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित कुमार पौडेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध ओपनिङ गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ओपनिङमा रोहित कुमार पौडेल र प्रदीप ऐरीलाई ओपनिङ पठाएको छ ।

बंगलादेशका ओपनर तमिम इकबाल एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध घाइते भएपछि भैरहवाले रोहितलाई ओपनिङ पठाएको छ । रोहितले नेपाली सिनियर टोलीबाट मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । ओमान भ्रमणमा रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पोखराले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र सुनिल धमलालाई पोखराले बेन्चमा राखेको छ । युवा ओपनर विपिन रावल र रित गौतमलाई आजको खेलमा प्लेइङ ११ मा मौका दिएको छ । पहिलो क्वालिफायरमा कमजोर ब्याटिङका कारण टोलीमा दुई परिवर्तन गरेको हो ।
भैरहवाले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर कृष्ण कार्कीको स्थानमा स्पिनर भुवन कार्कीलाई मौका पाएका छन् । वंगलादेशका ओपनर तमिम इकबाल पनि टोलीमा छैनन् । चोटका कारण एलिमिनेटर खेलमा उनी टोली दोस्रो इनिङमा फिल्डिङ गरेका थिएनन् । उनको स्थानमा शार्विन मुनिआन्दीलई मौका दिएको छ । मलेसिया शार्विनले इपिएलमा डेब्यू खेल खेलेका छन् ।
भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो । आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]