4 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पाएका छन् । क्यानको असोज २० र २१ मा बसेको बोर्ड बैठकले रिक्त सचिव पदको कार्यवाहक जिम्मेवारी प्रशान्तलाई दिने निर्णय गरेको हो ।

क्यान बोर्ड बैठकले कार्यवाहक सचिव, नेपाली टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवदेन देखि कर्णाली प्रदेशका चार जिल्लालाई सदस्यता प्रदान गर्ने सम्मका निर्णय गरेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले अघिल्लो हप्ता पदबाट राजीनामा दिएका थिए ।
क्यान बिधान अनुसार कुनै कुन पद रिक्त भएमा बोर्ड बैठकबाट उक्त जिम्मेवारी तोक्दै वार्षिक साधरण सभाबाट पारित गर्नुपर्ने हुन्छ । क्यानको वार्षिक साधरण सभा आगमी डिसेम्बर १५ गर्ने बोर्ड बैठकले निर्णय लिएको छ । क्यानको थप चार जिल्लालाई सदस्यता विस्तार गरेको छ ।
क्यानको विधान अनुसार कर्णाली प्रदेशमा न्यूनतम चार जिल्ला हुनुपर्ने भएपछि सल्यान, कालिकोट, रुकुम पश्चिम र दैलेखले क्यानको जिल्ला सदस्यता पाएका छन् । यो सँगै क्यानको पुर्ण सदस्य जिल्ला ४३ पुगेको छ ।
क्यानले नेपाली क्रिकेट टोलीको रिक्त भएको मुख्य प्रशिक्षक पदको लागि खुल्ला आवेदन माग्ने भएको छ । आगमी एक हप्ताभित्र १५ दिनको समयसीमा राखि आवेदन माग्ने निर्णय गरेको जनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोरले अघिल्लो महिना ओमान भ्रमणको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहँदै आएको थियो ।
क्यानको बोर्ड बैठकले नेपाल प्रिमियर लिग(एनपिएल) को भारतीय कम्पनी सेभेन थी स्पोर्ट्ससँग सम्झौता रद्ध गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेपाल सरकारले हालसम्म अनुमति प्रदान नगरेको र उक्त कम्पनीले अनुसार कामहरु गर्न नसकेपछि रद्ध गरेको जनाएको छ ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]