4 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पोखरा राइनोजलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनायो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनमा अविजित रहे । आरिफ शेखले २४ बलमा १ चौका र १ छक्का सहित २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भैरहवालाई ओपनर रोहित कुमार पौडेल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ४.२ ओभरमा ३२ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । नियमित ओपनर तमिम इकबाल चोटका कारण फिट नभएपछि रोहितले ओपनिङ गरेका थिए । तीव्र गतिका बलर किशोर महतोको पाँचौं ओभरको दोस्रो रोहित ठूलो सट खेल्नेधुनमा एज लागेर रिचार्ड लेभीबाट १८ रनमा क्याच आउट हुन पुगे ।

रोहितले १७ बलमा २ छक्का प्रहार गरे । पाँचौं ओभरमा प्रदीप मिड विकेटमा लेभीबाटै ११ रनमा समातिन पुगे । प्रदीपले ११ बलमा २ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा मलेसियाली ब्याटर शार्विन मुनिआन्दीलाई असेला गुणरत्नेले ३ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा साहन अर्चाचिगेले कुशल मल्ललाई १ रनमा बोल्ड आउट गरेपछि भैरहवा ५०–४ को कमजोर अवस्थामा पुगेको थियो ।
चार बलपछि प्रमुख ब्याटर उपुल थरंगा मिड विकेटमा रित गौतमबाट १० रनमा क्याच भएपछि भैरहवा समस्यामा परेको थियो । आरिफ शेखले ब्यक्तिग २५ रनमा जीवनदान पाएका थिए । विवेक यादवको १६ औं ओभरको चौथो बलमा विक्रम सोबले क्याच ड्रप गरेका थिए ।

पोखरा साहन अर्चाचिगेले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर १ विकेट लिए । असेला गुणरत्नेको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]