4 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा मध्यम ब्याटिङ गरेको छ ।

जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको पोखराले १२ ओभरमा ३ विकेट गुमाउँदै ६० रन बनाएको छ । पोखराका साहन अर्चाचिगे २२ र विपिन रावल १६ रनमा खेलि रहेका छन् । ओपनर तथा पोखरा प्रमुख ब्याट्सम्यान रिचार्ड लेभी १४ रनमा रन आउट भएका थिए । स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाएका थिए । ननस्ट्राइकका लेभी रन लिनेक्रममा केहि अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए ।
लेभीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर भुवन कार्कीले आठौं ओभरमा दुई विकेट लिँदै पोखरालाई दबाबमा राखेका थिए । दोस्रो बलमा युवा ओपनर रित गौतम एलबीडब्लूको धरापमा परे । १९ बल खेलेका रितले ६ रन बनाउँदै आउट भए । चौथो बलमा लोकेश बम शून्यमा बोल्ड आउट भएपछि पोखरा केहि दबाबमा परेको छ ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनमा अविजित रहे । आरिफ शेखले २४ बलमा १ चौका र १ छक्का सहित २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यस खेलको विजेता फाइनलमा पुग्ने छ । पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]