default_image

4 years ago

October 7, 2021

भैरहवालाई हराउँदै पोखरा पहिलो पटक फाइनलमा

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडियटर्स पहिलो पटक फाइनलमा पुग्न नसकि बाहिरिएको छ । उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

जितको लागि १ सय २० रनको सामान्य विजयी लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका साहन अर्चाचिगेले रोहित कुमार पौडेललाई १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गर्दै फाइनल यात्रा पक्का गराएका थिए ।

पोखराका साहन अर्चाचिगे ४४ बलमा ७ चौका सहित सर्वाधिक ५३ रनमा अविजित रहे । बायाँ हाते विपिन रावल ३४ बलमा ३ चौका र १ छक्का सहित ४० रनमा अविजित रहे ।

चौथो विकेटका लागि विपिन र साहनले ८८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । ओपनर तथा पोखरा प्रमुख ब्याट्सम्यान रिचार्ड लेभी चौथो ओभरको पाँचौं बलमा १४ रनमा रन आउट भएका थिए । स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाएका थिए । ननस्ट्राइकका लेभी रन लिनेक्रममा केहि अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए ।

लेभीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर भुवन कार्कीले आठौं ओभरमा दुई विकेट लिँदै पोखरालाई दबाबमा राखेका थिए । दोस्रो बलमा युवा ओपनर रित गौतम एलबीडब्लूको धरापमा परे । १९ बल खेलेका रितले ६ रन बनाउँदै आउट भए । चौथो बलमा लोकेश बम शून्यमा बोल्ड आउट भएपछि पोखरा ३५–३ को अवस्थामा पुगेको थियो । उक्त कमजोर अवस्थाबाट विपिन र सहानले उत्कृष्ट ब्याटिङका साथ जित पक्का गराए ।

पोखरा फिल्डिङ पनि निकै कमजोर रह्यो । विपिन रावलले लगातार दुई जीवनदान पाएका थिए । धाम्मिका प्रसादको १५ औं ओभरको दोस्रो बलमा दुर्गेश गुप्ताले २३ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा लङअनमा शार्विन मुनिआन्दीले क्याच ड्रप गरे । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनमा अविजित रहे । आरिफ शेखले २४ बलमा १ चौका र १ छक्का सहित २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भैरहवालाई ओपनर रोहित कुमार पौडेल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ४.२ ओभरमा ३२ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । नियमित ओपनर तमिम इकबाल चोटका कारण फिट नभएपछि रोहितले ओपनिङ गरेका थिए । तीव्र गतिका बलर किशोर महतोको पाँचौं ओभरको दोस्रो रोहित ठूलो सट खेल्नेधुनमा एज लागेर रिचार्ड लेभीबाट १८ रनमा क्याच आउट हुन पुगे ।

रोहितले १७ बलमा २ छक्का प्रहार गरे । पाँचौं ओभरमा प्रदीप मिड विकेटमा लेभीबाटै ११ रनमा समातिन पुगे । प्रदीपले ११ बलमा २ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा मलेसियाली ब्याटर शार्विन मुनिआन्दीलाई असेला गुणरत्नेले ३ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा साहन अर्चाचिगेले कुशल मल्ललाई १ रनमा बोल्ड आउट गरेपछि भैरहवा ५०–४ को कमजोर अवस्थामा पुगेको थियो ।

चार बलपछि प्रमुख ब्याटर उपुल थरंगा मिड विकेटमा रित गौतमबाट १० रनमा क्याच भएपछि भैरहवा समस्यामा परेको थियो । आरिफ शेखले ब्यक्तिग २५ रनमा जीवनदान पाएका थिए । विवेक यादवको १६ औं ओभरको चौथो बलमा विक्रम सोबले क्याच ड्रप गरेका थिए ।

पोखरा साहन अर्चाचिगेले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर १ विकेट लिए । असेला गुणरत्नेको नाममा १ विकेट रह्यो ।

भैरहवा पहिलो पटक इपिएल फाइनल नपुगि बाहिरिएको थियो । २०१७ को इपिएलमा भैरहवा फाइनलमा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको थियो । २०१८ को फाइनलमा भैरहवा ललितपुर प्याट्रियट्ससँग १४ रनले पराजित भएको थियो । २०१६ मा शरदको कप्तानीमा पन्चकन्या तेजले उपाधि जितेको थियो । कप्तान शरद पहिलो पटक फाइनलमा नपुगि बाहिरिएका हुन् । पोखरा राइनोज यसअघि २०१७ को इपिएल एलिमिनेटरमा ललितपुरसँग २७ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१८ मा पोखरा पुछारमा रहँदै बाहिरिएको थियो ।

पोखरा लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित हुँदै पोखरा सोझैं फाइनलमा चुक्नबाट चुकेको थियो । भैरहवा तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गराएको थियो । फाइनलमा शनिबार चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोली पहिलो पटक इपिएलको फाइनलमा पुगेका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.