default_image

4 years ago

October 7, 2021

राहुलको विष्फोटक ब्याटिङसँगै पन्जाबको प्लेअफ आशा कायमै

159 views

0 Bookmark

एजेन्सी – कप्तान लोकेश राहुलले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो लिगको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै पन्जावको प्लेअफमा पुग्ने झिनो अंक गणीतिय आशा कायमै रहेको छ । तर अन्य टोलीको नतिजामा निर्भर रहनेछ ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका कप्तान लोकेश राहुल ४२ बलमा ७ चौका र ८ छक्का सहित ९८ रनमा अविजित रहे । राहुलले शार्दूल ठाकुरलाई १३ औं ओभरको पाँचौं बलमा चौका र छैटौं बलमा छक्का प्रहार गर्दै जित पक्का गराए । मयंक अग्रवाल १२ र एडेन माक्ररम १३ रनमा आउट भए । चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ र दीपक चाहर १ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । चेन्नईका फाफ डु प्लेसिसले ५५ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ७६ रनको योगदान दिए । तर अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ऋतुराज गायकवाड र महेन्द्र सिंह धोनीले १२–१२ रन बनाए । रविन्द्र जडेजा १५ रनमा अविजित रहे । पन्जाबका अर्शदीप सिंह र क्रिस जोर्डनले २–२ विकेट लिए । मोहम्मद शामी र रवि विश्रोईले १–१ विकेट लिए ।

पन्जाबले लिगमा अन्तिम खेलमा जित निकाल्दै प्लेअफको झिनो अंक गणीतिय सम्भावना जीवित राखेको छ । तर पन्जाबलाई प्लेअफमा पुग्न अन्य टोलीको नतिजाले प्रभाव पार्नेछ । १२ अंकनै भएका मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले एक एक खेल्न बाँकी छ । यी दुई टोली मध्य एक टोली विजयी भएमा पन्जाब बाहिरिने छ । मुम्बई र कोलकता अन्तिम खेलमा फराकिलो अन्तरले पराजित भएमा पन्जाब नाटकीय रुपमा प्लेअफमा पुग्नसक्छ । कोलकाता र राजस्थानबीचको खेल आज हुँदै छ । राजस्थान पनि अन्तिम खेलमा जितको साथ १२ अंकका साथ प्लेअफ समीकरण जीविन राख्न चाहन्छ । मुम्बईले शुक्रकार हैदराबादसँग खेल्नेछ ।

दिल्ली एक खेल अगावै क्वालिफायरमा पुगि सकेको छ । चेन्नई सुपर किंग्स क्वालिफायरमा पुग्न औपचारिकता बाँकी छ । चेन्नई लिगको खेल सकिँदा १८ अंकका साथ दोस्रो स्थानमा छ । अन्तिम खेलमा शुक्रबार बेंगलोरले दिल्ली क्यापिटल्ससँग खेल्नेछ । बेंगलोरलाई दोस्रो स्थानमा रहँदै अविश्वसनिय नतिजा निकाल्नुपर्ने हुन्छ । अविश्वसनिय र फराकिलो जित निकालेको खण्डमा शीर्ष दुईमा रहन सक्ने समिरकण छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा रहँदै लिग सकाएको छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ६ जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा लिग समाप्त गरेको छ ।

मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १३ खेलमा १० मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.