default_image

4 years ago

October 8, 2021

आइपिएलमा पहिलो पटक एकै समयमा दुई खेल हुँदै

257 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् । आइपिएल इतिहासमा एकै समयमा दुई खेल पहिलो पटक हुन लागेको हो ।

आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । त्यसै समयमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच दुबई क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । दिल्ली शीर्षस्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ । बेंगलोर शीर्ष दुईमा रहने अंक गणीतिय सम्भावना मात्रै बाँकी छ । आजको खेलमा बेंगलोरले क्वालिफायरमा स्थान बनाउन दिल्लीलाई विशाल अन्तरले हराउनुपर्ने हुन्छ । सामान्य जितले भने शीर्ष दुईमा रहनसक्दैन ।

मुम्बईलाई शीर्ष चारमा रहन असम्भव मानिने समीकरण छ । मुम्बई पहिला बलिङ गर्नुपरेमा समीकरणनै समाप्त हुनेछ । पहिला ब्याटिङ गरेर हैदराबादलाई १ सय ७१ रन माथिको फराकिलो अन्तरको जित निकाल्न सकेमात्रै प्लेअफमा पुग्नेछ । त्यो भन्दा कमको जितले भने मुम्बई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न सक्दैन । मुम्बईलाई यस सिजनमा प्रमुख ब्याटरको कमजोर प्रदर्शन निकै चिन्ताको विषय बनेको छ । कप्तान रोहित शर्मा प्रदर्शनलाई छाड्ने हो भनेअन्यको प्रदर्शन निकै कमजोर छ ।

सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या र काइरन पोलार्ड चल्न नसक्दा पाँच पटकको विजेता मुम्बई लिगबाटै बाहिरिने लगभग पक्कापक्कि जस्तै भएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह प्रदर्शन छाड्ने हो भने अन्यको राम्रो छैन । पछिल्लो खेलमा नाथन कुल्टर नाइलले राम्रो बलिङ गरेका थिए । ट्रेन्ट बोल्टको प्रदर्शन अपेक्षा अनुसार हुन नसक्नु मुम्बईको लागि अर्को चिन्ताको विषय हो ।

हैदराबादलाई मुम्बईसँगको खेल प्रतिष्ठाको लडाई मात्रै हो । हैदराबाद अन्तिम खेलमा जितका साथ लिग अन्त्य गर्न चाहन्छ । पछिल्लो खेलमा बेंगलोरलाई ४ रनले पराजित गरेको हैदराबादको मनोबल उच्च छ । कप्तान केन विलियम्सन हैदराबादका प्रमुख हतियार हुन् । उनी प्रदर्शन मात्र नभएर कप्तानीमा पनि खेल जिताउन सक्ने अब्बल गुणका कप्तान हुन् । जेसन होल्डर र राशिद खान टोलीमा प्रमुख हतियार हुन् । कमजोर ब्याटिङ हैदराबादको मुख्य समस्या हो । आजको खेलमा हैदराबादले केहि नयाँ खेलाडीलाई अवसर दिनसक्छ ।

दिल्ली अन्तिम खेलमा जितका साथ उच्च मनोबलमा क्वालिफायर खेल्न चाहन्छ । दिल्लीले पछिल्लो खेलमा चेन्नईलाई ३ विकेटले पराजित गरेको थियो । दिल्लीले ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गरेको छ । दिल्लीको ब्याटिङमा गहिराइ छ । ओपनर शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर ऋषभ पन्त र शिम्रन हेटमायर जस्ता ब्याटर टोलीमा हुँदा निकै मजबुत छ । तल्लोक्रममा अक्षर पटेल र रविचन्द्रन आश्विनले ब्याटिङको क्षमता राख्छन् ।

आवेश खान, कागिसो रबाडा र एनरिच नोर्कियाको कारण तीव्र गतिको बलिङ युनिट पनि निकै मजबुत छ । आवेश खानले लगातार उत्कृष्ट प्रदर्शन २२ विकेट लिइसकेका छन् । आश्विन र पटेल स्पिन हतियार हुन् । बेंगलोरका ग्लेन म्याक्सवेल उच्च लयमा छन् । म्याक्सवेलले पछिल्ला खेलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । म्याक्सवेललाई विराट कोहली र एवि डिभिलियर्सले राम्रो साथ दिन आवश्यक देखिन्छ । डि भिलियर्स यस सिजनमा चल्न सकेका छैनन् ।

उनको लयले बेंगलोरलाई चिन्ता थपेको छ । खराब प्रदर्शन गरि रहेका ड्यानियल क्रिष्टियनको स्थानमा काइल जेमिसनले मौका पाउने सम्भावना छ । हर्षल पटेल दिल्लीलाई घातक बन्न सक्छन् । उनले यस सिजनको आइपिएलमा १३ खेलमा २९ विकेट लिएका छन् । उनलाई एकै सिजनमा सर्वाधिक विकेट लिने बलर बन्न ५ विकेट आवश्यक छ । एकै सिजनमा सर्वाधिक विकेट लिने कीर्तिमान ड्वेन ब्राभोको नाममा छ । उनले सर्वाधिक ३२ विकेट लिएका थिए ।

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा रहँदै लिग सकाएको छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ जित र ७ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा लिग समाप्त गरेको छ ।

मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १४ खेलमा ५ मा जित र ९ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १३ खेलमा १० मा हार र ३ मा जित सहित ६ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.