default_image

4 years ago

October 8, 2021

इपिएल फाइनलअघि यसो भन्छन् कप्तानद्वय सोमपाल र विनोद

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक इपिएल फाइनल खेल्न लागेका हुन् । दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् ।

पोखरा कप्तान विनोदले फाइनल भनेर धेरै सोच्न आवश्यक नरहेको बताउँछन् । ‘फाइनल हो । धेरै सोचेर भन्नु पर्दैन । फाइनलमा जुन टोलीले राम्रो खेल्छ त्यहिँ टोलीले जित्ने हो । फाइनल पुग्ने दुवै टोली राम्रो हो । हाम्रो मात्र राम्रो भन्न मिल्दैन’, फाइनल अघि विनोदले भने ।

यता चितवनका कप्तान सोमपालले फाइनल अवसर रहेको बताए । ‘मेरा लागि फाइनल भन्दा पनि एउटा खेल जस्तै हो । अझै एउटा अवसर छ । खेलाडी भएपछि आत्माविश्वास हुनुपर्छ’, सोमपालले भने, ‘मलाई लाग्छ क्रिकेट दबाबले सुधार हुने हो । दबाब भन्दा पनि जिम्मेवारी जति धेरै हुन्छ त्यतिनै प्रदर्शन गर्न मज्जा आउँछ ।’

‘फाइनल पहिला पनि खेलेको हो । फाइनलमा दबाब त हुन्छ । भोलीको खेलमा पनि हुन्छ । दबाबमा कसरी सम्हालेर जाने भन्ने हुन्छ । सामान्य खेल सम्झेर खेल्ने छौं, विनोदले भने ।

पोखरा चितवनसँग लिग र पहिलो क्वालिफायर दुबैमा पराजित भएको थियो । विनोद आफूहरुले दुबै इनिङमा पहिला ब्याटिङ गर्दा राम्रो योगफल दिन नसकेको बताउँछन् ।

सोमपालले एकअर्कालाई कमजोरी राम्रोसँग थाहा भएको बताए । ‘यो यात्रा सकिएको छैन । एकअर्कालाई कमजोरी राम्रोसँग थाहा छ । जतिपनि योजना बनाएका थियौं त्यसैमा काम गर्ने हो । यो सिक्ने कुरा हो । त्यसैले दबाब छैन’, सोमपालले भने ।

चितवन लिगमा ५ खेलमा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटले नै पराजित गरेको थियो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको थियो ।

इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि इपिएलको पहिलो संस्करणको उपाधि २०१६ मा पन्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै उपाधि जितेको थियो । २०१७ मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ को फाइनलमा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

भिडियो हेर्न यहाँ थिच्नुहोस

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.