default_image

9 years ago

November 13, 2016

अमेरिकामा ज्ञानेन्द्रको अर्धशतकसँगै नेपाली राइनोज उपाधि नजिक

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको अर्धशतकसँगै नेपाली राइनोज अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कपको फाइनल पुगेको छ । आज फ्लोरिडा अन्डरडग्सलाई ७ विकेटले हराउँदै नेपाली राइनोज ६० हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

gyanu

राइनोजले फाइनलमा हस्टन स्पार्कसँग खेल्नेछ । हस्टनमा पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी कमरान अकमल,सइद अजमल पनि छन् । हस्टनले युएइ फाल्कोन्सलाई ७ विकेटले हराएर नेपाली राइनोजसँगको भेट पक्का गरेको थियो ।
१ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले १५ औं ओभरमा ३ विकेट गुमाएर १ सय २५ रन बनाउँदै जित हासिल गरेको थियो । पहिलो ब्याटिङ गरेको अन्डरडग्सले २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय २१ रन बनाएको थियो ।
टस जितेको नेपाली राइनोजले पहिले अन्डरडग्सले सुरुको १० ओभरमा ४ विकेट गुमाएर ६७ रन बनायो । राइनोजले १० ओभरमै ३ विकेट गुमाएर १ सय ५ रन जोड्नो र ३८ रनको अग्रता लियो ।
१० ओभरको दोश्रो इनिङमा अन्डरडग्सले थप ५ विकेट गुमाएर ५४ रन बटुल्दै राइनोजविरुद्ध १६ रनको अग्रता लियो । १७ रनको लक्ष्य नेपालले त्यसपछि कुनै विकेट नगुमाइ १५ ओभरमा विजय प्राप्त गर्यो । सेमिफाइनलका नायक रहे नेपाली राष्ट्रिय टोलीका उपकप्तान रहेका ज्ञानेन्द्र । २१ बलमै अर्धशतक बनाएका ज्ञानेन्द्रले २६ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ६२ रन बनाएका थिए । लगातार चौथो खेलमा पनि उच्च प्रदर्शन गर्ने क्रममा ओपनर सुवास खकुरेलले ३६ रन बटुले । राकेश कर्णले १२, शरद भेषावकरले ६ र सिद्धान्त लोहनीले ४ रन जोडे । अन्डरडग्सका लागि हेरोन्ड सालोले ३२, ज्योती छायाँले २९ र रिजवान चिमाले २३ रन बनाए ।

nepal-rhinos-team-photo
बलिङमा राइनोजका लागि सोमपाल कामी, अघिल्लो दिन शतक बनाएका शन फिडंलेले समान २ तथा कप्तान पारस खड्का, बसन्त रेग्मी र पारेरिस्टि थेरानले समान १ विकेट लिए । पारस, ज्ञानेन्द्रसहित नेपाली राइनोजमा ८ नेपाली राष्ट्रिय खेलाडी छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.