default_image

4 years ago

October 13, 2021

दिल्लीमाथि रोमान्चक जितसँगै कोलकता फाइनलमा

152 views

0 Bookmark

एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ३ विकेटको रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । दुई पटकको च्याम्पियन कोलकताले बुधबार दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि रोमान्चक जितका साथ तेस्रो पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । कोलकतालाई अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो ।

स्पिनर रविचन्द्रन आश्विनले पहिलो बलमा राहुल त्रिपाठीलाई १ रन दिँदा दोस्रो बल सकिब अल हसनलाई डट राखेका थिए । तेस्रो बलमा सकिब शून्यमा एलबीडब्लू आउट भएपछि खेल रोचक बनेको थियो । चौथो बलमा सुनिल नारायण लङअफमा अक्षर पटेलबाट समातिन पुगे । तर दुई बलमा ६ रन चाहिँएको अवस्थामा पाँचौं बलमा राहुल त्रिपाठीले छक्का प्रहार गर्दै कोलकतालाई फाइनलमा स्थान पक्का गराएका थिए ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । कोलकताको जितमा बायाँ हाते युवा ओपनर वेंकटेश ऐरले ४१ बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा आउट भए । राहुल त्रिपाठी ११ बलमा १ छक्का सहित १२ रनमा अविजित रहे । त्यसअघि अन्तिम १८ बलमा मात्र ११ रन आवश्यक पर्दा कोलकता हातमा ७ विकेट थियो । १८ औं ओभरमा कागिसो रबाडाले १ रन खर्चेर १ विकेट लिए । १९ औं ओभरमा एनरिच नोर्कियाले ३ रन खर्चेर १ विकेट लिएपछि खेल रोचक बनेको थियो ।

सुभमन गिलले ४६ बलमा १ चौका र १ छक्का सहित ४६ रनमा आउट भए । कोलकतालाई ऐर र गिलले पहिलो विकेटका लागि १२.२ ओभरमा ९६ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । तर तल्लोक्रममा लगातार विकेट जादा खेल अन्तिम ओभरमा पुगेको थियो । ऐर कागिसो रबाडा बलमा वैकल्पिक फिल्डर स्टिभ स्मिथबाट क्याच आउट हुन पुगेका थिए । नितिश राणा १२ बलमा १ छक्का सहित १३ रनमा क्याच आउट भए ।

दिल्लीका कागिसो रबाडाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । एनरिच नोर्कियाले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले ३९ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । श्रेयस ऐर २७ बलमा १ चौका र १ छक्का सहित ३० रनमा अविजित रहे ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि ४.१ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर बरुणचक्रवर्तीले शालाई १८ रनमा एलबीडब्लू आउट गर्दैै पहिलो सफलता दिलाए । शाले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिस २३ बलमा १ चौका सहित १८ रनमा शिवम माभीको बलमा बोल्ड आउट हुन पुगे ।

कप्तान ऋषभ पन्त ६ बलमा १ चौका सहित ६ रनमा आउट भए । शिम्रन हेटमायर १० बलमा २ छक्का सहित १७ रनमा रन आउट भए । स्पिनर बरुणचक्रवर्तीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन र शिवम माभीले १–१ विकेट लिए । पहिलो क्वालिफायरमा दिल्लीलाई ४ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनलमा पुगि सकेको छ । चेन्नई र कोलकताबीचको फाइनल शुक्रबार हुनेछ ।

दिल्ली लिगमा १४ खेलमा २० अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नई १४ खेलमा १८ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । तीन पटकको च्याम्पियन चेन्नई नवौं पटक फाइनलमा पुगेको हो । कोलकतामो १४ खेलमा १४ अंकका साथ नेटरनरेटमा मुम्बई इन्डिन्सलाई पछिपार्दै एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराउँदै दिल्लीसँगको भेट पक्का गरेको थियो ।

कोलकताले २०१२ को फाइनलमा चेन्नईलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१४ को फाइनलमा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो । कोलकता तेस्रो र चेन्नई चौथो पटक च्याम्पियन बन्ने सोचमा हुनेछन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.