default_image

4 years ago

October 15, 2021

आइपिएल उपाधिका लागि चेन्नई र कोलकता भिड्दै

261 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबईमा सुरु हुनेछ ।

चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् । चेन्नईको महेन्द्रसिंह धोनी र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् । विश्वकप च्याम्पियन यी दुई कप्तानबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो । चेन्नईले नवौं पटक फाइनल खेल्दैछ ।

चेन्नईमा अनुभवी र युवा खेलाडीको मिश्रण छ । अर्कोतर्फ कप्तान महेन्द्रसिंह धोनी उत्कृष्ट कप्तानीमा जित दिलाउन सक्ने अब्बल क्षमता भएका खेलाडी हुन् । युवा ओपनर ऋतुराज गायकवाड र अनुभवी फाफ डु प्लेसिस उत्कृष्ट लयमा छन् । सर्वाधिक रन बनाउने खेलाडीमा ऋतुराज र फाफ डु प्लेसिस शीर्ष पाँचमा छन् ।

दोस्रो स्थानमा रहेका ऋतुराजले १५ बलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय ३ रन बनाएका छन् । समान खेलमा फाफ डु प्लेसिसले ५ अर्धशतक सहित ५ सय ४७ रनका साथ चौथो स्थानमा छन् । दुई पटक यी दुई ओपनर जोडीले शतकीय साझेदारी गरि सकेका छन् । यी दुई ब्याटरको प्रदर्शन आजको खेलमा निकै महत्वपूर्ण हुनेछ । ऋतुराजको क्लासिक ब्याटिङमा कोलकता बलर निराश बन्न सक्छन् ।

मोईन अली, सुरेश रैना, रोबिन उथप्पा मध्यक्रम सम्हाल्नेछन् । अली आक्रमक ब्याटिङ गर्दै आएका छन् । अलीले ३ सय २० रन बनाएका छन् । रैना र उथप्पा अनुभवी ब्याटर हुन् । क्वालिफायरमा उथप्पाले दिल्लीविरुद्ध ६३ रनको इनिङ खेलेका थिए । अम्बाती रायुडूले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । जसको कारण चेन्नईको ब्याटिङ मजबुत छ ।

धोनी प्रमुख हतियार हुन् । उनी अन्तिममा फिनिसरको भूमिका निर्वाह गर्दै आएका छन् । दिल्लीलाई हराउन धोनी अन्तिम ओभरमा नायक बनेका थिए । विश्वकै एक सर्वोत्कृष्ट फिनिसर र कप्तान मानिने धोनी उपाधिको साथ क्रिकेटबाट विश्राम लिन सक्छन् । धोनीले बढीमा अर्कोवर्ष सम्म आइपिएल खेल्ने सम्भावना छ ।

तल्लोक्रममा रविन्द्र जडेजा र ड्वेन ब्राभो जस्ता विश्वस्तरिय अलराउन्डर टोलीमा हुँदा मजबुत र सन्तुलित छ । यी दुबै ब्याटर आक्रामक सटको लागि परिचित छन् । तीव्र गतिको बलरमा शार्दूल ठाकुर, दीपक चाहर र जोश हेजलवुड छन् । शार्दूलबाट ब्याटिङमा पनि आशा राख्न सकिन्छ । स्पिनरमा अली र जडेजा हुनेछन् । धोनीको उत्कृष्ट कप्तानी, अनुवभी खेलाडीको बाहुल्यता र उच्च लय उपाधि जित्ने सोचमा छ ।

सानदार प्रदर्शन र पूनरागमनको साथ फाइनलमा स्थान बनाएको कोलकता उपाधि जित्न चाहन्छ । सुरुवाती ७ खेलमा २ खेलमा मात्र जित निकालेको कोलकताले त्यसपछि सानदार पूनरागमन गरेको थियो । तर पछिल्ला सात खेल मध्य पाँचमा जितका साथ कोलकताले फाइनलमा स्थान बनाएको हो । पछिल्ला चार खेलमा अपराजित छ । मोर्गनको कप्तानी र युवा खेलाडीको उच्च प्रदर्शनमा फाइनलमा स्थान बनाएको हो । कोलकतालाई फाइनलमा पुर्याउन युवा ओपनर सुभमन गिल र वेंकटेश ऐर नायक बन्दै आएका छन् ।

आधा सिजनपछि मौका पाएका ऐर कोलकता मुख्य हतियार बन्दै आएका छन् । बायाँ हाते ओपनर ऐरले ९ खेलमा ३ अर्धशतक सहित ३ सय २० रन बनाएका छन् । मध्यगतिमा बलिङ पनि गर्ने गर्दछन् । गिलले ४ सय २७ रन बनाएका छन् । दिल्लीलाई क्वालिफायरमा हराउन गिल र ऐरले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । तर कोलकता मध्यक्रम र तल्लोक्रम भने अपेक्षा अनुसार चल्न सकेको छैन । नितिश राणा र राहुल त्रिपाठीलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । कप्तान ओईन मोर्गनबाट कोलकता कप्तानी इनिङ चाहन्छ । सुनिल नारायण टोलीको नायक बन्न सक्छन् । स्पिन र ब्याटिङ दुबैमा खेल जिताउन सक्छन् ।

लोकी फर्गुसन र शिवम माभी तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनर नारायण र बरुणचक्रवर्ती छन् । सकिब अल हसन खेल्ने वा नखेल्ने अन्यौल छ । आइतबार टि२० विश्वकपमा बंगलादेशले स्कटल्यान्डविरुद्ध ओमानको अलअमरेतमा खेल्दैछ । मोर्गनको कप्तानी, उत्कृष्ट पूनरागमन र उच्च मनोबलमा रहेको कोलकता च्याम्पियन बन्न चाहन्छ ।

हेड टु हेड :

चेन्नई र कोलकताबीच कुल २५ खेल भएका छन् । चेन्नई १६ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । यस सिजनको लिगमा चेन्नई दुबै खेलमा विजयी भएको थियो । चेन्नई पहिलो खेलमा १८ रन र दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो । पछिल्ला पाँच खेलमा चेन्नई चार खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको थियो ।

आइपिएलमा यी दुई टोलीको इतिहास

आइपिएलमा चेन्नईले तीन र कोलकताले दुई पटक उपाधि जितेका छन् । चेन्नईको धोनी र कोलकता गौतम गम्भीरले उपाधि जिताएका थिए । कोलकता र चेन्नईबीच फाइनल २०१२ मा भएको थियो । कोलकताले चेन्नईलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । २०१४ मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । कोलकता फाइनलमा पुगेको दुबै उपाधि जितेको छ ।

चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.