default_image

3 years ago

October 15, 2021

विकेटकिपर विनोदको नयाँ इनिङ्स सुरु

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँमा लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाले शुक्रबार बडा दशैंको दिन तनहुँको आँबूखैरेनी एक कार्यक्रमकाबीच लगनगाँठो कसेका हुन् ।

विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । नेपाली विनोदले २००९ देखि नियमित नेपाली टोलीबाट खेल्दै आएका छन् । विनोदले त्रिभुवन आर्मी क्लबको क्रिकेट टोलीको कप्तानी गर्दै आएका छन् । यसै साता सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) विनोदको कप्तानीमा पोखरा राइनोजको फाइनलमा पुगेको थियो । फाइनलमा पोखरा चितवनसँग पराजित हुन पुगेको थियो ।

विनोदको कप्तानीमा आर्मीले गत माघमा उपाधि जितेको थियो । विनोदले नेपालबाट १२ ओडिआई, ३५ टि२० आई, ३६ लिष्ट ए र ४८ टि२० खेल खेलेका छन् । खेल पत्रकार सोनिका हाल ग्यालेक्सी टेलिभिजनमा आबद्ध छिन् ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.