4 years ago
October 15, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा कोलकता कप्तान ओईन मोर्गनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलमा खेलाडी परिवर्तन गरेका छैनन् ।

चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् । चेन्नईको महेन्द्रसिंह धोनी र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् । विश्वकप च्याम्पियन यी दुई कप्तानबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो । चेन्नईले नवौं पटक फाइनल खेल्दैछ ।
हेड टु हेड :
चेन्नई र कोलकताबीच कुल २५ खेल भएका छन् । चेन्नई १६ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । यस सिजनको लिगमा चेन्नई दुबै खेलमा विजयी भएको थियो । चेन्नई पहिलो खेलमा १८ रन र दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो । पछिल्ला पाँच खेलमा चेन्नई चार खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको थियो ।
आइपिएलमा यी दुई टोलीको इतिहास
आइपिएलमा चेन्नईले तीन र कोलकताले दुई पटक उपाधि जितेका छन् । चेन्नईको धोनी र कोलकता गौतम गम्भीरले उपाधि जिताएका थिए । कोलकता र चेन्नईबीच फाइनल २०१२ मा भएको थियो । कोलकताले चेन्नईलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । २०१४ मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । कोलकता फाइनलमा पुगेको दुबै उपाधि जितेको छ ।
चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]