4 years ago
October 15, 2021
एजेन्सी – ओपनर फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सलाई १ सय ९३ रनको विशाल विजयी लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । मोईन अली २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।
चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डु प्लेसिसले पहिलो विकेटका लागि ८.१ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । ऋतुराजलाई स्पिनर सुनिल नारायणले शिवम माभीबाट ३२ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । ऋतुराजले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका अनुभवी ब्याटर रोबिन उथप्पाले १५ बलमा ३ छक्का सहित ३१ रन जोड्दै आउट भएका थिए । उनी नारायणको बलमा एलबीडब्लू आउट भएका थिए । तेस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले ६८ रनको साझेदारी गदै विशाल योगफलमा पुर्याएका थिए । डु प्लेसिस अन्तिम बलमा क्याच आउट भएका थिए ।
कोलकता स्पिनर सुनिल नारायणले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शिवम माभीले १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]