9 years ago
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोजले टु एक्स युएसए कप क्रिकेटमा हाउस्टन स्पार्कस्विरुद्ध अहिले भइरहेको फाइनलको पहिलो इनिङमा ३ विकेट गुमाएर ७३ बनाएको छ । कप्तान पारस खड्का २३ र पृथु बास्कोटा १ रनमा अविजित छन् । दोस्रो इनिङमा उनीहरुले त्यहिबाट ब्याटिङ अघि बढाउने छन् ।

२० ओभरको खेल टेस्ट क्रिकेटको पद्धतीमा खेलाइएको छ । अब हाउस्टनले १० ओभर ब्याटिङ गर्नेछ । दुवै टोलीले दुई इनिङ ब्याटिङ गर्नेछन् । हाउस्टनले टस जितेर नेपाली राइनोजलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । अघिल्लो दिन अर्धशतक बनाएका ज्ञानेन्द्र मल्ल ४ रन र शरद भेषाकर २ रन बनाएर आउट भएपछि नेपाली राइनोज दबाबमा परेको थियो । अमेरिकामा लगातार उच्च प्रदर्शन गरिरहेका अर्का ओपनर सुवासलाई पारस खड्काले राम्रो साथ दिएपछि टोलीको इनिङ उकासिएको थियो । सुवास पहिलो १० औं ओभरमा आउट भएका थिए । सुवासले ३२ रन बनाएका थिए ।
अघिल्लो दिन फ्लोरिडा अन्डरडग्सलाई ७ विकेटले हराउँदै नेपाली राइनोजले फाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा हाउस्टन युएइ फाल्कोन्सलाई ७ विकेटले नै हराएको थियो । हास्टनमा पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी कमरान अकमल,सइद अजमल पनि छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]